CG Electronics
IME Life
NIMB

एनआइसी एशिया बैंकले कमायो ३ अर्ब २५ करोड खूद नाफा, वितरण गर्न लायक कति ?

NIMB
Himalayan Bank

 

काठमाडौँ । एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६र७७ को सोही अवधिको तुलनामा ४.९२ प्रतिशत अर्थात् १६ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशतले बढेर ९ अर्ब २२ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ८.२१ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १७ करोड, रिटेन अर्निङमा १ अर्ब ९५ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले २ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४२.२५ प्रतिशत र कर्जा लगानी विस्तार ५५.३३ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी ३१.८९रुपैयाँबाट घटेर २८.११ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.३६ गुणा, सीसीडी अनुपात ८१.१२ प्रतिशत, आधारदर ६.८४ प्रतिशत र स्प्रेडदर ३.७३ प्रतिशत र खराब कर्जा ०.४६ प्रतिशत रहेको छ ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...