CG Electronics
IME Life
NIMB

 प्रभु बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ ।  प्रभु बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाएको छ । प्रभु बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो । बैंकको ब्याज आम्दानी,ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ । प्रभु बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु बैंकले एकवर्षको अवधीमा निक्षेप कर्जा आकार बृद्धि राम्रो देखिएको छ । असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो । प्रभु बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ४८ करोड रुपैयाँ गरेको छ ।

यसबाट मात्र प्रभु बैंकल सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ । पूँजीकोष अनुपात १३.०७ प्रतिशत रहेको प्रभु बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यस्तै कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत छ । बेसरेट ६.८८ प्रतिशत तथा स्प्रेड ३.६५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...