एनएमबि बैंकले खुद नाफा लोभलाग्दो पाराले बढायो, २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमायो
Sunday Aug 15, 2021
वि.सं.२०७८ साउन ३१ आइतवार ०९:५५

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एनएमबि बैंकले ५९ प्रतिशतले नाफा बढाएको हो ।
एनएमबि बैंकको अघिल्लो वर्षको नाफा १ अर्ब ७१ करोड रहेको थियो । वित्तीय विवरण अनुसार एनएमबि बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ ।
१६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको एनएमबि बैंकको पूँजीकोष अनुपात १५.०९ प्रतिशत छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । बैंकको इपिएस १६ रुपैयाँ ७८ पैसा रहेको छ ।
खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ प्रतिशत रहेको छ । बैंकको आरओई १२.०१ प्रतिशत रहेको छ ।























