CG Electronics
IME Life
NIMB

कर्जाबाटै जीवन बीमा कम्पनीले कमाए पौने ४ अर्ब, यी ६ कम्पनीको कमाई घट्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।   कर्जा लगानीबाटै जीवन बीमा कम्पनीहरुले पौने ४ अर्ब रुपैयाँबढी आम्दानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले बीमक, कर्मचारी र अभिकर्तामा कर्जा लगानी गरी ३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशत अर्थात् ३० करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीहरुले यस्तो लगानीबाट ३ अर्ब ५२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसअनुसार सो अवधिमा लगानी, कर्जा तथा अन्यको आम्दानी कम्पनीहरुले ६ करोड रुपैयाँदेखि ७० करोड रुपैयाँसम्म गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये कर्जा लगानीबाट ७ वटा कम्पनीले २० करोड रुपैयाँमाथि, ९ वटा कम्पनीले १० करोड रुपैयाँमाथि २० करोड रुपैयाँसम्म र बाँकी ३ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा कम आम्दानी गरेका छन् ।
गत आवमा कर्जा लगानी गरी सबैभन्दा बढी नेपाल लाइफले र सबैभन्दा कम रिलायवल लाइफले आम्दानी गरेका छन् ।

बीमा कम्पनीमात्र नभई जुनसुकै कम्पनीले आफ्नो आम्दानी बढाउने उद्देश्य हुन्छ । आम्दानी बढाउन जीवन र निर्जीवन बीमा कम्पनीहरुले पनि धेरै क्षेत्रमा लगानी र कर्जा प्रवाह गरेका हुन्छन् ।

कम्पनीले आफ्ना पोलिसी अथवा बीमालेखलाई धितो राखी बीमितलाई कर्जा प्रवाह गर्ने गर्दछ । यसका साथै कम्पनीले आफ्ना अभिकर्तालाई पनि कर्जा (एजेन्सी लोन) दिने गर्दछन् । कर्जा दिए वापत बीमा कम्पनीले ब्याज आम्दानी गर्छन् । यसरी विभिन्न माध्यमबाट आयस्रोत उत्पादन गरी बीमा कम्पनीले आफ्नो व्यवसाय बढाउने गर्दछन् ।

नेपालमा रहेका बीमा कम्पनीहरुको बीमा समिति एक नियमनकारी निकाय हो । त्यसैले नै जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी बढाउन बीमा समितिले तोकेअनुसार विभिन्न क्षेत्रमा लगानी गर्ने गर्दछ ।

प्रभु लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट २० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९९.३० प्रतिशत अर्थात् १० करोड १७ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीले कर्जा लगानीबाट १० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सूर्या लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट २३ करोड ८५ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५७.७७ प्रतिशत अर्थात् ८ करोड ७३ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गुराँस लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३४.१४ प्रतिशत अर्थात् ३ करोड ५६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १० करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

एशियन लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट २५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.८२ प्रतिशत अर्थात् ५ करोड ६१ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

युनियन लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २६.७८ प्रतिशत अर्थात् २ करोड ९७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन:

गत आवमा कम्पनीको कर्जा लगानी वापतको आम्दानी अघिल्लो आवको तुुलनामा २२.४५ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा यस्तो लगानीबाट २३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन गत आवमा ५ करोड ३० लाख रुपैयाँले बढाएर २८ करोड ९२ लाख रुपैयाँ पुर्याएको हो ।

महालक्ष्मी लाइफ:

गत आवमा कम्पनीको कर्जा लगानी वापतको आम्दानी अघिल्लो आवको तुुलनामा १६.०५ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा कर्जा लगानीबाट १० करोड ८३ लाख रुपैयाँ आम्दनी गरेको थियो । जुन गत आवमा १ करोड ७३ लाख रुपैयाँले बढाएर १२ करोड ५६ लाख रुपैयाँ पुर्याएको हो ।

सिटिजन लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १८ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४० प्रतिशत अर्थात् २ करोड २७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

रिलायन्स लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३२ प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्राइम लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट २६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.११ प्रतिशत अर्थात् १ करोड ९६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

राष्ट्रिय बीमा संस्थान:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ७ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.०५ प्रतिशत अर्थात् ३८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ज्योति लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६६ प्रतिशत अर्थात् ६६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेशनल लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ३३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.९६ प्रतिशत अर्थात् १ करोड २९ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ३२ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ६ वटा जीवन बीमा कम्पनीले कर्जा लगानी आम्दानी घटाएका छन् । सो अवधिमा यी कम्पनीहरुको १.६९ प्रतिशतदेखि ५८.८२ प्रतिशतसम्म कार्जा लगानी वापतको आम्दानी घटेको छ ।

अघिल्लो आवको तुलनामा यस्तो आम्दानी कम्पनीहरुको २१ लाख रुपैयाँदेखि ९ करोड ४२ लाख रुपैयाँसम्मले घटेको छ । जसमा सबैभन्दा बढी रिलायवल लाइफको र सबैभन्दा थोरै आइएमई लाईफ इन्स्योरेन्सको कर्जा लगानी आम्दानी घटेको हो ।

आईएमई लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १२ करोड ५७ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.६९ प्रतिशत अर्थात् २१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ७० करोड ९२ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.३८ प्रतिशत अर्थात् २ करोड ४७ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले ७३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मेटलाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट १९ करोड ८७ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशत अर्थात् १ करोड १५ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले २१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन नेपाल लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ११ करोड ४६ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.९० प्रतिशत अर्थात् ९८ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सानिमा लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ८ करोड ४८ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.२९ प्रतिशत अर्थात् १ करोड ४१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

रिलायवल नेपाल लाइफ:

गत आवमा कम्पनीले कर्जा लगानीबाट ६ करोड ५९ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५८.८२ प्रतिशत अर्थात् ९ करोड ४१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १६ करोड एक लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...