CG Electronics
IME Life
NIMB

नाइट भिजन लेजर स्पीड गनको प्रयोग गरि तिब्रगति गर्ने चालकलाई कारबाही

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । के तपाई रातको समयमा तिब्रगतिमा सवारी चलाउनुहुन्छ रु होसियार १ ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ । बिशेषगरि कोटेश्वर(सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।

दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५र४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ । तिब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
उहाँले आज रातीदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तिब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिब्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।

 

 

 

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...