CG Electronics
IME Life
NIMB

सर्वाेत्तमको शेयर र ४२ करोडको जग्गा काण्डमा मुछिएका धितोपत्र बोर्डका हाकिम ढुंगना निलम्बित

NIMB
Himalayan Bank

सर्वाेत्तमको शेयर र ४२ करोडको जग्गा काण्डमा मुछिएका धितोपत्र बोर्डका हाकिम ढुंगना निलम्बित सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगनालाई निलम्बन गरेको छ ।

एकतिर सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर विवादमा तानिएका ढुंगना जग्गा खरिदका काण्डमा मुछिएर विवादित बनेका थिए । ढुंगनामाथि सर्वोत्तम शेयरको नियम विपरित ढंगले सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएसँगै अहिले अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

यस अघि यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्जका हाकिम चन्द्रसिंह साउथले पदबाटै राजीनामा दिएर हिडिसकेका छन् । यही बीचमा शेयर कारोवारमा मुछिएर बदनामी कमाएका उनी अहिले जग्गा काण्डमा मुछिए । उनीमाथि जडिबुटीमा रहेको जग्गा खरिद प्रकरणमा तानिएका थिए ।

बोर्डको संचालक समितिले ७ रोपनी जग्गा खरिद गर्ने निर्णय ५ महिना अघि गत चैत्रमै गरी जग्गा खरिदका लागि साढे ४२ करोड रकम बुझाइसकेको भए पनि सो जग्गा अहिलेसम्म धितोपत्र बोर्ड मातहत आएको छैन् ।

सो जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत स्वामित्व भएको र अहिले त्यही स्वामित्वलाई देखाएर जग्गा पास नगराउने र ४२ करोड ५६ लाखको ब्याज मिलिजुली खाने गरि सेटिङ मिलाएको आरोप उनीमाथि छ ।

बैंकका कर्मचारीका अनुसार । ७ प्रतिशतले ब्याज गणना गर्दा पनि बोर्डलाई दैनिक रुपमा ८१ हजार बढी ब्याज आम्दानी गुम्छ । यसैबीच बुधबारको क्याविनेट बैठकले क्याविनेट बैंठकले कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी छानविन समिति गठन गरेको छ ।

समितिमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...