CG Electronics
IME Life
NIMB

यी १९ लघुवित्तका सञ्चालक र सीइओलाई राष्ट्र बैंकले लगायो काँजो, किन हालेछन् भाँजो ?

NIMB
Himalayan Bank

१९ वटा लघुवित्त वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतले गैरकानूनी रुपमा सेयर कारोबार गर्ने गरेको फेला परेपछि कारबाहीमा परेका छन् ।

राष्ट्र बैंकले ऐन विपरीत संस्थाको संस्थापक सेयर खरिद बिक्री गर्ने सञ्चालक र सीइओलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो । राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणले विगत ३ वर्षयता गैरकानूनी रुपमा संस्थापक सेयर खरिद बिक्री गर्ने १९ वटा लघुवित्तका संस्थापक तथा सीइओलाई कारवाही गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘सम्बन्धित सुपरिवेक्षणले नियमित निरीक्षण तथा सुपरिवेक्षण गरिहेका हुन्छन्, त्यसमा केही लघुवित्त वित्तीय संस्थाका संस्थाका सञ्चालक र सीइओहरुले संस्थापक सेयर बिक्री गरेको पाइयो,’ ती अधिकारीले भने, ‘केही संस्थाका सञ्चालकले भने जानेर होस् या नजानेर पदमा नभएका संस्थापकले बिक्री गर्दा सेयर खरिद गरेका रहेछन्, यस्ता सञ्चालक, कर्मचारीलाई गर्न नहुने काम गरेका हुँदा स्पष्टीकरण सोधिएको हो ।

’ संस्थाको सञ्चालक, सीइओ तथा म्यानेजमेन्टका कर्मचारीले संस्थापक सेयर पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म खरिद बिक्री गर्न पाउँदैनन् । तोकिएको समयपछि पनि संस्थाका यस्तो प्रकारको सेयर कम्पनीको संस्थापकलाई नै बिक्री गर्नु पर्नेमा सञ्चालक र सीइओहरुले संस्थापक बाहेकलाई बिक्री गरेको पाइएको उनले जानकारी दिए ।

‘ती संस्थाका सञ्चालक, सीइओ तथा म्यानेजमेन्टका कर्मचारीले संस्थापक सेयर खरिद बिक्री सम्बन्धी नीति निर्देशनबारे थाहा नभएर सेयर कारोबार गरेको लिखित जवाफ दिएका छन्,’ ती अधिकारीले थपे, ‘सो जवाफमा राष्ट्र बैंकले विस्तृत अध्ययन गरी नियतबश गरेको हो भने सेयर जफत हुने, पदबाट बर्खास्त हुने, हर्जना तिराउनेलगायत कानून बमोजिम कारवाही समेत गर्ने गरेको छ ।’ राष्ट्र बैंकले सञ्चालक तथा सीइओ÷कर्मचारीसँग जफत गरेको सेयर भने संस्थाको नामै नामसारी गर्न निर्देशन दिने गरेको छ ।

अघिल्लो वर्षमा १७ वटा संस्थाका सीइओ, सञ्चालक र कर्मचारीले यसप्रकारको कारोबार गरेको पाइएको थियो । पछिल्लो पटक आँधीखोलाका संस्थापक लगानीकर्ताले यस्तो गरेको पाइएको हो ।

जसमा राष्ट्र बैंकले गल्ती औंल्याएपछि संस्थाकै सञ्चालक समितिले आवश्यकता अनुसार कारवाही सञ्चालकलाई गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । ‘अहिले पुनः एक वटा पुरानै लघुवित्तका पदमै भएका संस्थापक लगानीकर्ताले सेयर खरिदबिक्री गरेको आशंका गरिएको छ, छानबिन सम्पन्न भइसकेको छैन्, स्पष्टीकरण चित्त बुझ्दो भएमा कारवाही हुँदैन अन्यता सेयर जफत गरी पदबाट बरखास्त हुन्छ,’ उनले थपे ।

यी लघुवित्तका सञ्चालक, सीइओले गरे गैरकानूनी रुपमा सेयर खरिद बिक्री अघिल्लो आवमा सपोर्ट लघुवित्त, घोडीघोडा लघुवित्त, बुद्धज्योति लघुवित्त, जनकपुर लघुवित्त, समाज लघुवित्त र जीवनविकास लघुवित्तका संस्थापकले पदमा रहँदा वा पदबाट बाहिरिएको १ वर्ष अगावै सेयर खरिद बिक्री गरेका थिए ।

साथै, एनआरएन लघुवित्त, स्मार्ट लघुवित्त, स्वेडा लघुवित्त, फरवार्ड माईक्रोफाइनान्स, सामूदायिक लघुवित्त, वीपीडव्लयु लघुवित्त, सल्भ लघुवित्त, गरिबी न्यूनीकरण लघुवित्त, नेष्डो समृद्धि लघुवित्त, आरम्भ लघुवित्त र नेपाल एग्रो लघुवित्त संस्थाका संस्थापकले समेत गैरकानूनी रुपमा सेयर खरिद बिक्री गरेको राष्ट्र बैंकको भनाइ छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...