CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै भदौ २१ गतेको राशिफल हेर्नुहोस्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वि.सं.२०७८ साल भदौ २१ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त औशी । नक्षत्र– मघा, बेलुकी ०६ बजेर ४९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– शिब, बिहान ०८ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण– शकुनि, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त नाग । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह ।

 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३१ घडी २१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्नसक्छ । माया प्रेममा सानो कुराले मनमुटाब सिर्जना हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण कामहरू थाती रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलो तिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरू हाबी हुनेछन् । माया प्रेममा अरूकै नकारात्मक टिप्पणीले गर्दा मनमुटाब बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरू बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विद्यार्थीहरूले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरूको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना समस्याहरू सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्य बढेर जाने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ ।

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका...

वि.सं.२०८० फागुन २७ आइतवार ०९:३८

  फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ)...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०८:०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

साप्ताहिक राशिफल : (२०८० असार १० गते...

वि.सं.२०८० असार १० आइतवार १०:०५

  मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो,...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० जेठ २९ सोमवार ११:३८

  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० वैशाख २७ बुधवार ०९:४४

    काठमाडौं । आज(बुधवार)को राशिफल सार्वजनिक भएको छ ।...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०७९ चैत ८ बुधवार १९:०१

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले,...