CG Electronics
IME Life
Ncell NPL

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बढाउन थालेका छन्। बैंकहरुले कर्पोरेट ऋणीको ब्याज बढाइसकेका छन् भने नयाँ ऋणीको ब्याज पनि बढाउन थालेका छन्।

बैंक अनुसार, ऋणको ब्याज बढेको छ। बैंकहरुले आधा प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज बढाएका छन्। कतिपय बैंकले राष्ट्र बैंकको नियम मिचेर आधार दरपछि निर्धारण हुने प्रिमियमसमेत पहिले निर्धारण गरेकोभन्दा माथि पुर्‍याइदिएका छन्।

‘नयाँ ऋणीहरुको ब्याज बढ्न थालेको छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, ‘असोजदेखि निक्षेपको ब्याज पनि बढ्न थाल्ने देखिन्छ। त्यसपछि ऋणको ब्याज बढाउन अझ दबाब पुग्छ।’

बैंकहरुबाट असारअघि जस्तो सजिलै ऋण पाउने अवस्था पनि हराएको छ। एकातिर ऋणको ब्याज बढ्न थालेको छ भने अर्कोतिर सजिलै बैंकबाट पैसा पाउन पनि छाडेका छन्।

बैंकरले पुरानो कर्पोरेट ऋणीलाई २५ पैसा कममा ऋण दिइरहेका छन् भने अहिले २५ पैसा बढी पाउने ऋणी भेट्ने बित्तिकै उतातिर ऋण दिन थालेका छन्। पुरानोको ब्याज बढाइदिएर उनीहरुलाई निरुत्साहित गर्न थालेका छन्।

‘अहिले बैंकहरु तरलता अभावको चक्रमा परिसकेका छन्। त्यसैले अब सजिलै ऋण उपलब्ध गराउन गाह्रो हुन्छ,’ नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भने, ‘निक्षेपको दर बढ्न थालेको छ। स्प्रेड व्यवस्थापनमा पनि जटिलता थपिन थालेको छ। यसले गर्दा ‘प्राइसिङ’ प्रेसर सुरु भएको छ।’

राष्ट्र बैंकले गलत समयमा केही नीतिहरु परिमार्जन गरेकाले समस्या आएको अधिकांश बैंकरको बुझाइ छ। यही कारण अहिले बैंकहरु तरलता अभावको दुष्चक्रमा फसेका छन् भने ब्याज बढाउन बाध्य भएका छन्।

स्टिल र सिमेन्ट दुवै क्षेत्रमा लगानी गरिरहेका एक उद्यमीले बैंकहरुले ऋण दिन आनाकानी गर्न थालेको अनुभव सुनाए। उनका अनुसार, एक महिना अगाडिको दरमा ऋण पाउन छाडिएको छ। एक प्रतिशत बिन्दुभन्दा बढी तिर्छु भन्दा पनि बैंकहरुले पैसा दिन आनाकानी गरेको उनले सुनाए।

बैंकहरुले अहिले स्प्रेड (ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर) व्यवस्थापनमा लागेका छन्। बैंकिङ क्षेत्रकै औसत स्प्रेड दर ३.७ प्रतिशतमा झरिसकेको छ। त्यसमाथि राष्ट्र बैंकले कुल लगानीको १५ प्रतिशत लगानी गर्नैपर्ने एक करोडभन्दा कमको ऋणमा आधार दरभन्दा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन भनेको छ।

यसबाहेक सरकारी अनुदानवाला ऋणमा पनि आधार दरभन्दा २ प्रतिशत बिन्दु बढी मात्र ब्याज कायम गर्न पाइन्छ। कर्पोरेटहरुले यसै पनि आधार दरभन्दा एक/डेढ प्रतिशत बिन्दु मात्रै बढी प्रिमियममा ऋण मोलमोलाइ गर्छन्। यही कारण स्प्रेड ३.७ प्रतिशतबाट अझै घट्ने अवस्था छ।

अहिले बैंकहरुले स्प्रेड व्यवस्थापन गर्नका लागि पनि ब्याज बढाउन थालेका छन्। उनीहरुले घरजग्गा कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, सेयर धितो ऋणको ब्याज महँगो बनाउन थालेका छन्। बैंकहरुले आधार दरभन्दा ५ प्रतिशतसम्म प्रिमियम लिने भनेर सार्वजनिक सूचना निकालिरहेकोमा अब सात प्रतशितसम्म लिने भनेर सूचना जारी गर्न थालेका छन्।

‘अहिले कर्पोरेट ऋणको ब्याज बढ्न थालेको छ। नयाँ ऋणीहरुको पनि ब्याज बढ्न थालेको छ,’ शाक्यले भने, ‘निक्षेपको ब्याज बढेर आधार दर उक्लिएपछि अन्य आवधिक ऋणको पनि ब्याज बढ्ने देखिन्छ।’

व्यवसायीहरुले ७/८ प्रतिशतमा पाइरहेको ऋण अहिले नौ/साढे नौ प्रतिशत पुगिसकेको छ। यो कर्पोरेट ऋणको ब्याज हो। आम सर्वसाधारणले लिने ऋणको ब्याज १० प्रतिशतभन्दा माथि पुगिसकेको छ। अहिले बैंकहरुले सर्वसाधारणको ऋणको ब्याज बढाउन थालेका छन्। केहीले प्रिमियमसमेत चलाउन थालेका छन्। यसको सूचना राष्ट्र बैंकमा पुगेपछि प्रवक्ता देवकुमार ढकालले प्रमुख कार्यकारीहरुको छलफलमा यसबारेमा सचेत समेत गराएका थिए।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...