सिटिजन्स बैंकले बोनस शेयर र नगद लाभांश प्रस्ताव
Friday Sep 24, 2021
वि.सं.२०७८ असोज ८ शुक्रवार २१:५३
काठमाडौं । सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश पाउनेछन् । राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

























