राईनोजले शनिबारदेखि किर्तिपूरमा आयोजना
Friday Sep 24, 2021
वि.सं.२०७८ असोज ८ शुक्रवार २२:०७
पोखरा राईनोजले शनिबारदेखि किर्तिपूरमा आयोजना हुने बजाज पल्सर ईपिएल २०२१ मा सुखद नतिजा निकाल्ने जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राईनोजले विगतको प्रस्तुतीलाई अध्ययन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको जनाएको हो ।
जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको पनि जनाएको छ । नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ ।
जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी रहेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ टिमका मार्की खेलाडी भण्डारीले राईनोज प्रतियोगितालाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदान ओर्लने बताए ।

























