CG Electronics
IME Life
NIMB

धितोपत्र बजारलाई खेलाची नगरौ संयमित बनौ 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपालको धितोपत्र बजारमा नियमन निकायको निलम्बन केही नीतिग अस्पष्टता जस्ता कारणवश रुमलिएको अवस्था रहेको छ । धितोपत्र बोर्डले लगानीकर्ताहरुको जानकारी दिने हेतुले ५१ वटा कम्पनीको सूची प्रकाशन गरेपश्चात केही दिन घटी पूनः बढेर ३२०० पुगेको इन्डेक्स विधुत नियमन आयोगको सुचना जलविद्युत कम्पनीलाई ऋण तिर्ने प्रयोजनका लागि हक प्रद निष्काशन गर्न नदिने भन्ने कार्यविधि र नेपाल राष्ट्र वैकको मौद्रिक नीति पश्चात घटेर २७०० को हाराहारीमा पुगेको छ ।

धितोपत्र वजार नियमन र सुधार गर्नुपर्ने समयमा बोर्डका अध्यक्ष निलम्बित अवस्थामा छन भने दोस्रो बजार संचालक नेप्से समेत प्रमुख विहिन अवस्थामा छ । उर्जा मन्त्रालयमा रहँदा राम्रो छबि बनाएको भएता पनि हाल अर्थ मन्त्री भई आए पश्चात भनाई र बोलाइमा एकरुपता नहुँदा लगानीकर्ताहरुलाई विश्वास छैन । हालका दिनमा कहिले ठूला लगानीकर्तालाई सघाँउदै राष्ट्र बैंक लाइ निर्देशन दिने त कहिले शेयर वजारमा वेलुनको हावा फुस्कदैछ भनि गैर जिम्मेवार अभिब्यक्ति दिएको कारणले बजारमा नकरात्मक प्रभाव परेको देखिन्छ ।

धितोपत्र वजारका नियामक निकायका प्रमुख र संचालकहरु बजार नियमनका सन्दर्भमा निकै परिश्रमी र विज्ञ र कठोर हुनुपर्छ । विगत दुई वर्षमा नेपालको धितोपत्र वजारले लगानीकर्ताको संख्या, कारोवार, डिम्याट खाता, अनलाइन प्रविधि, सकृय लगानीकर्ता, इन्डेक्स, प्राथमिक निष्काशन आदि बिभिन्न विषयमा छला¨ नै मारेको कुरा कसैवाट छिपेको छैन । वजारको विकाश हुदै जांदा वजारलाई स्थायित्व दिने जिम्मेवारी पनि नियमक निकायकै हो । यसै सन्दर्भमा धितोपत्र बोर्डले वित्तिय साक्षरता कार्यक्रम, विज्ञप्ती मार्फत जानकारी तथा सूचनाहरु नियमितरुपमा प्रवाह गर्नुपर्ने कार्य गर्नुपर्छ । हालका बोर्ड अध्यक्षले लगानीकर्तालाइ ५१ वटा कम्पनीको वास्तविक परिसुचकको स्थिति सूसूचित गरेको आरोपमा जसरी कारवाही गर्ने, राजिनामा गर्न लगाउने, वदनाम गर्ने कार्य गरिएको छ, यो कदापि वजार र राष्ट्रको लागि ठिक कार्य होइन ।

हुनत यस विषयमा अर्थ मन्त्रालयले मन्त्रालयस्तरमा एक छानविन समिति गठन गरी अध्ययन गराईसकेको छ र सोका आधारमा जाँचबुझ समिति समेत गठन गरी प्रतिवेदन वुझाइसकेको अवस्था छ । छानविन समितिको प्रतिवेदन संचार माध्यममा समेत आईसकेको छ । छानविन प्रतिवेदनमा उल्लेख भए वमोजिम निलम्वित वोर्ड अध्यक्षलाई ५१ वटा कम्पनीको सूची प्रकाशन गरेको, निजको विवाहित छोरीले सर्बोत्तमको शेयर खरिद गरेको, अजोड इन्स्योरेन्सको भित्रि कारोवारको कारवाही समयमा नभएको भन्ने आरोप लगाएको देखिन्छ । तर कुनै पनि कुराको सम्वन्धमा धारणा वनाउनु अधि अध्ययनको नतिजालाइ पर्खनु पर्ने र हेर्नुपर्ने हुन्छ । छानविन समितिको प्रतिवेदनको आधारमा बनेको जाँचवुझ समितिको प्रतिवेदनले उल्लेख गरे अनुसार निज ढुंगानाले गरेको कार्य कानून विपरित भए गरेको देखिदैन ।

बोर्डले ५१ कम्पनीको सूची प्रकाशन गर्ने क्रममा बोर्डको सुपरिवेक्षण विभागले जोखिम देखिएका कम्पनीहरुको सम्वन्धमा विस्तृत अध्ययन गरेको, उक्त अध्ययन प्रतिवेदन संचालक समितिमा छलफल भएको, छलफल भई लगानीकर्तालाइ सूसूचित गराउने निर्णय भएको, सूसूचित गर्न विज्ञप्ती प्रकाशन गर्नु अघि मन्त्रालयको विभिन्न तहमा जानकारी गराएको ब्यहोरा प्रतिबेदनमा नै उल्लेख छ । यसरी हेर्दा समग्र बजारमा केही धितोपत्रहरुको अस्वाभाविक मुल्य बृद्घिको अवस्था, बढदो नवप्रवेशी लगानिकर्ताहरु प्रति बोर्डको जिम्मेवारी, बजारमा वित्तीय साक्षरताको कमी र यस कार्यमा करीब दुइ दर्जन जति पदाधिकारीहरुको संलग्नता भएको अवस्था लाइ हेर्दा बोर्डको अध्यक्षलाइ मात्र जिम्मेवार बनाइ भित्रि कारोवार र सूचना चुहिएको विषयमा कारवाही अगाडि वढाउन न्याय संगत नहुने हु“दा सो विषय निजलाई कारवाहीको सन्दर्भमा निकै कमजोर पक्ष रहेको देखिन्छ ।

त्यसैगरी प्रतिवेदनमा उल्लेख भए अनुसार अध्यक्ष ढुंगानाको विवाहित भइ अर्काको घर गइसकेको छोरीेलाई शेयर किन्न नेपालको कुनै पनि कानुनले वन्देज लगाएको देखिदैन । अध्यक्ष आफैले त्यो शेयर नकिनेको र निजलाई जानकारी पनि नभएको प्रतिवेदनमा नै उल्लेख छ । अध्यक्षको छोरी भएकै नाताले ब्यापार ब्यावसाय गर्न नपाउने, शेयर किन्न नपाउने, सम्पत्ति जोड्न नपाउने देखिदैंन । प्रतिवेदनमा अध्यक्षले दिएको प्रस्टोक्ति लाई हेर्दा निज छोरीले आफुले वावुलाइ सापट दिएको केही रकम मागेको अवसर परेको र सो रकमको अतिरीक्त छोरीले अरु रकम पनि जुटाइ छोरीको आफ्नै खातावाट चेक मार्फत भुक्तानी दिएको उल्लेख छ । पारिवारिक श्रोतका अनुसार ढुंगानाको छोरी र सर्बोत्तम सिमेन्टका अध्यक्ष र निजको परिवार विच दशकौं देखिको चिनजान रहेको वुझिएकोले वजारमा हल्ला चलेजस्तो एकैपटक अकस्मात अहिले सम्पर्क गरेर कारोवार भएको वुझिंदैन । यसरी हेर्दा उक्त कारोवार कानूनी रुपमा गर्न नमिल्ने थियो भनी भन्न सकिने र कारोवारमा शंका गर्नपर्ने अवस्था पनि देखीदैन ।

त्यस्तै अजोड इन्स्योरेन्सको हकमा पनि वोर्ड अध्यक्ष आफैले आपm्नै पहलमा समयमै अध्ययन कार्य सुरुवात गराएको प्रतिवेदनले नै स्विकार गरेको छ । छानविन प्रतिवेदनलाई अध्ययन गर्दा तथ्याङ्क, सूचना, जानकारी, विवरण र विष्लेषण गरी प्रतिवेदन तयार गर्न करिव ४÷ ५ महिना लागेको वोर्डको सम्वन्धित विभागको भनाइ रहेको देखिन्छ । वोर्ड अध्यक्षलाई मात्र यसमा जिम्मेवार वनाउन सकिने ठाउ देखिदैन । फेरी यस्तो विषय समय लाग्ने प्रकृतीको हुने र अन्य मुलुकमा पनी पर्याप्त समय लाग्ने गरेको भन्ने समेत उल्लेख भएको विषयलाई हेर्दा अध्यक्ष विरुद्द राजनैतिक प्रतिशोध साधेको देखिन्छ ।

हामीले समग्रमा वुझ्नुपर्ने कुरा के हुन्छ भने प्रशासक निडर र जिम्मेवारी वहनगर्न आ“ट गर्ने हुनुपर्छ । कुसल उध्योगी उध्योग विकाश गर्न नाफा घाटा नहेरी कार्य गर्न सक्ने हुनुपर्छ । यि दुइृ व्यक्तिहरुको उत्साहलाई जुन मूलुकले सम्मान गर्न सक्दैन र मार्दछ, त्यो मुलुकले कहिल्यै विकास गर्न सक्दैन । ढुंगाना नेपाल राष्ट्र बैंकमा विभिन्न किसिमका ऐन कानून सुधार गरेका, विगे्रको नेपाल बैंक र वाणिज्य बैंकको सुधार गर्न नियुक्त गरीएका विदेशी ब्यावस्थापनलाइ तह लगाइ सुधार गरेका र सुपरिवेक्षणलाइ कडाईका साथ सुधार र व्यवस्थित गरी अनुभव लिई आएका सुधारको लागी कठोर ब्यक्तित्व हुन ।

उनले पुजी वजारलाई दिर्घकालिन स्थायित्व दिन वोर्डमा ४ वर्षे रणनीति नै वनाई कार्यान्वयन शुरु गरिसकेका छन । बजारले २९ बर्षमा पहिलोपल्ट नया“ उचाई लिएको अवस्था छ । सुधार हुदै गरेको यस्तो अवस्थामा वजारलाइ नियन्त्रणमा लिई चलखेल गर्ने केही ब्यक्ति र समूहले निजलाई आक्रमण गरिरहेको अवस्थामा राज्यले यस्ता सहासी र व्यावसायिक ब्यक्तिहरुको संरक्षण र प्रोत्साहन गर्नु पर्दछ । विध्यमान प्रतिवेदनले निज उपर कुनै ठोस कसुर गरेको पुष्ठि नभएकोले ‘वजारका केहि व्यक्तिहरुको प्रभावमा वा राजनैतिक अभिष्ट पुरा गर्न प्रेरीत हुने जुनसुकै किसिमका कारवाही तुरुन्त वन्द गरी निजलाई कार्य गर्ने वातावरण वनाई वजारलाई स्थायित्व दिनेकार्य सुरु गर्दा सवैलाई राम्रो हुने देखिन्छ । नत्र पछी यसको परिणामले गर्दा भविष्यमा वजारको अस्तव्यस्ततालाई कसैले आ“ट गरेर नियन्त्रण गर्न सक्ने क्षमताको विकाश नहुने अवस्था श्रृजना हुने वजारका विज्ञहरुको धारणा रहेको देखिन्छ ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...