CG Electronics
IME Life
NIMB

बैंक तथा वित्तीय संस्थाले दशैंअघि किस्ता तिर्न ऋणीलाई दबाब

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अगाडि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि दबाब दिएका छन् । दशैंका लागि असोज २६ गतेदेखि ५ दिनको विदा शुरु हुन्छ ।

 

दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ गते बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् । यो पटक दशैं असोज मसान्तमा रहेको हुँदा बैंक तथा वित्तीय संस्थाले असोजको दोस्रोसातादेखि नै ऋणीलाई किस्ता तिर्न अनुरोध गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ठूलादेखि साना सबैलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले मिलेसम्म दशैं अगाडि नै किस्ता तिर्न अनुरोध गरेका छन् । व्यवसायीहरुका अनुसार कतिपय बैंक तथा वित्तीय संस्थाले दशैंको विदा अगाडि शुरु हुनु अगाडि जसरी भएपनि किस्ता तिर्नका लागि दबाब आएको बताउँछन् ।

व्यवसायीहरुले धेरैजसो समय ऋणको किस्ता र ब्याज तोकिएको अन्तिम दिनमात्रै दिने गर्छन् । असोज मसान्तमा आयकरको व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा कर तिनुपर्ने दबाब छ ।

‘नियमित बैंकको ऋण तिरिरहेपनि दशैंअघि नै किस्ता तिर्नका लागि दबाब आएको छ, दशैंको विदा सकिएपछि अन्तिम दिन ३१ गते तिर्दा हुने किस्ता दशैं अगाडि नै तिर्नका लागि फोन बढी आएको छ,’ एक व्यवसायीले भने ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु भने असोजको अन्तिम साता दशैंको विदा रहेको हुँदा खातामा पैसा भएका व्यवसायीलाई दशैं अगाडि किस्ता तिर्नका लागि अनुरोध गरेर फोन गरेको बताउँछन् ।

‘हामीले ऋणीलाई महिना र त्रैमासको अन्तिममा किस्ता तिर्र्ने समय आयो भनेर फोन गर्ने गरेका छौं, यो पटक असोजको अन्तिम साता दशैंको विदा छ त्यसैले अहिलेदेखि नै पैसा छ भने तिर्नुहोस् भनेर फोन गरेको हो,’ एक बैंकका शाखा प्रबन्धकले भने ।

बैंक तथा वित्तीय संस्थाले दिएको ऋण पहिलो त्रैमासमा नउठेमा २५ प्रतिशत, दोस्रो त्रैमासमा नउठेमा ५० प्रतिशत र एक वर्षमा पनि नउठेमा शतप्रतिशत रकम प्रोभिजन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अहिले ४७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा दिएका छन् (क्लिकमाण्डूबाट)

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...