nic bank
himalayan everesat
Nmb bank

हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो ।

आजै सम्पन्न सङ्क्षिप्त अन्तरक्र्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वाल–वालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् । भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।

बार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहोयाउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्त आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्प हिमालय सदा दृढ रहने बताउनुभयो । प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत श्रीमती दलीले बताउनुभयोे । कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुन स् खोल्ने भएकोले विद्यार्थीहरु भौतिकरुपमै विद्यालयमा उपस्थित भई पठन पाठनमा सहभागी हुन उत्साहित छन् ।

नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वाल वालिकाहरुको मुहारमा खुशीयाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो ।
प्रयास नेपालका तर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स् आफ्नो संस्थाको पारिवारीक सदस्य झैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पुयाउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा अनुगृहित रहेको बताउनुभयो । हाम्रा विद्यार्थीहरुका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उहाँहरुले पु¥याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीहरुलाई सदैव अभिप्रेरित गर्दै आएका छन् ।

“हामी आशा गर्छौ यस किसिमको आत्मियता सदा रहिरहनेछ । हामी हिमालयको निरन्तर सफलता चाहन्छौं र आसन्न वडा दशैंका लागि हिमालय परिवारप्रति हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौं”, श्री जोशीले भन्नुभयो ।

प्रयास नेपाल समाजका अशक्त , असहाय वाल–वालिकाहरुलाई शिक्षा, जनचेतनाको जागरण र सीपमूलक तालिमका माध्यमबाट तिनको सशक्तिकरण गर्ने अभिप्रायले सन् २००३ मा स्थापित एक परोपकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै राष्ट्रका विभिन्न भागका, समाजका अनाथ, असहाय , परित्यक्त र शारिरीकरुपमा असक्त वाल वालिकाहरुका लागि वालगृह समेत सञ्चालन गर्दै आएको छ ।

ीभबखभ ब चभउथि

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:२७

  ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा...

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:५१

  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात...