CG Electronics
IME Life
NIMB

साढे २ महिनामै सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँले घट्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चालु आर्थिक वर्षको साढे २ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा अधिकांश दिन सेयर बजार घटेको थियो । यहीकारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो ।

सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ । बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्छ । चालु आवको सुरुवाती साढे २ महिनामा बजार पुँजीकरण घटेकाले अहिले लगानीकर्ताको सम्पत्तिको मूल्य पनि घटेको हो । बजार पुँजीकरण विस्तार हुँदा लगानीकर्ताको आम्दानी बढेको रुपमा विश्लेषण गर्न मिल्दैन । किनकि सेयर मूल्य बढे पनि त्यो बिक्री गरेर रकम प्राप्त नगर्दासम्म लगानीकतालार्ई आम्दानी नहुने भएकाले यसलाई सम्पत्तिको मूल्य मात्र बढेको रूपमा विश्लेषण गरिन्छ ।

नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ३६ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा बिहीबारसम्मको बजार पुँजीकरण ३ खर्ब २४ अर्ब रुपैयाँले कम हो । गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ थियो । भदौ साता पहिलो साता कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा गत बिहीबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब ८ खर्बभन्दा धेरैले घटी सकेको छ ।

यस्तै, गत आवको अन्त्यको तुलनामा गत सातासम्म नेप्से परिसूचक करिब २ सय ५० अंकले घटीसकेको छ । गत असारमा नेप्से २ हजार ८ सय ८३.४१ बिन्दुमा थियो । गत सातासम्म आइपुग्दा यो घटेर २ हजार ६ सय ३३.४२ बिन्दुमा ओर्लेको छ । यसैगरी, गत आवदेखि नै सेयर बजारमा लगानीकर्ताको संख्या पनि तीव्र गतिमा थपिएको छ । २०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ थियो । गत सातासम्म दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या १० लाख ४६ हजार पुगेको छ । यसरी एकै वर्षमा लगानीकर्ताको संख्या ३ सय प्रतिशत (करिब थप ८ लाखले) वृद्धि भएको छ । गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबैजसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन र युजरनेम’ लिएको देखिन्छ । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय १९ मात्र थियो ।

 

पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीका अनुसार गत असारसम्म ४४ लाख ७६ हजार डिम्याट (सेयर अभौतिकीकरण खाता) खाता खुलेका छन् । २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २३ हजार ९ सय थियो । यस्तै, २०७८ साउनमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् ।

चालु आवको पहिलो महिनामा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.२ प्रतिशत छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.९ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य उपसमूहको ७.८ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...