एनआइसी एशिया लघुवित्तले शेयरधनीहरुलाई नगद लाभांश दिने
Wednesday Oct 06, 2021
वि.सं.२०७८ असोज २० बुधवार ०८:०५
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ुना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५।४१५ नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको असोज १८ गते बसेको संचालक समितिको १३० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाम कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँबाट ५।४१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
ीभबखभ ब चभ

























