CG Electronics
IME Life
NIMB

नेपालको हिमाली भेगको निख्खर स्वाद बोकेको उत्कृष्ट मदिरा सारङ्गी अब नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमााडौं । नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ । नेपालीहरुको महान चाड बडा दशैंको पूर्व सन्ध्यामा नेपाली उपभोक्ताहरुका लागि यो भन्दा विशिष्ट उपहार

अरु के नै हुन सक्छ र ?

सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ र यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ । हिमालको काखबाट झरेका निर्मल, कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले यो मदिरा उत्पादन गरेका छन् ।

बजारमा बिक्री शुभारम्भका अवसरमा आफ्नो मन्तव्य राख्दै नेचुरल स्पिरिट्स नेपालका श्री परमानन्द पान्डे, प्रमुख कार्यकारी अधिकृत ले भन्नु भयो “सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाईमा पु¥याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नु हुनेमा हामी विश्वस्त छौं ।

यो मदिरा नै हो, यसैले उपभोक्ता वर्गलाई म हदभन्दा बाहिर नगई यसको आनन्द लिन हुन समेत आग्रह गर्दछु ।
हरेक चुस्किमा घनीभूत स्वादको अनुभूति दिलाउने सारङ्गीले मानिसहरु बीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन, गहन वार्तालापद्वारा सही निर्णयमा पुग्न र हर भेटपछि खुशीको प्रत्याभूति प्रदान गर्न मद्दत गर्नेछ । नेपाली बजारमा सारङ्गी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...