CG Electronics
IME Life
NIMB

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।

यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा वृद्धि भएको छ । जसअनुसार ५ किलोमिटर दुरीसम्मको भाडा रु १८ कायम गरिएको छ भने १० किलोमिटरसम्म रु २३, रु १५ किलोमिटरसम्म रु २७, २० किलोमिटरसम्म रु ३० र २० किलोमिटर भन्दा माथि रु ३५ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

यातायात व्यवसायीको आन्दोलनपछि भाडा वृद्धि गरिएको हो। वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वागमती प्रदेशमा १३ जिल्ला छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

नयाँ भाडा कार्तिक १ देखि लागु हुनेछ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...