CG Electronics
IME Life
NIMB

साधारणसभा गर्ने पहिलो बैंक माछापुच्छ्रे बैंक बन्यो,कहिलेलाई डाक्यो साधारणसभा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

माछापुच्छ्रे बैंक साधारणसभा गर्ने पहिलो बैंक बन्ने भएको छ। राष्ट्र बैंकले वार्षिक प्रतिवेदन स्वीकृत गरेपछि बैंकले आगामी कात्तिक २६ गते साधारणसभा गर्ने टुंगो गरेको हो।

माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछ। बैंकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव यसअघि गरिसकेको छ।

साधारणसभापछि सेयरधनीले १३.३०% बोनस सेयर र ०.७०% नगद लाभांश पाउने छन्। बैंकको साधारणसभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुको बैठक भत्ता वृद्धिको निर्णय गर्ने।

बैंकले अध्यक्षलाई २० हजार र सदस्यलाई १७ हजार बैठक भत्ता दिने प्रस्ताव गरेको छ। यसबाहेक पत्रपत्रिका र मोबाइल इन्टरनेट खर्चका लागि मासिक १५ हजार दिने प्रस्ताव पनि गरेको छ। सञ्चालकहरुलाई औषधि उपचारबापत एक लाख २५ हजारसम्मको बीमा सुविधा उपलब्ध गराउने प्रस्ताव पनि लैजाँदैछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको जानकारी दिएको छ। बैंकका अनुसार हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना एक सय ६२ वटा शाखाहरु र एक सय ७५ शाखारहित बैंकिङ सेवा, सात एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा तीन सय ४४ स्थानबाट सेवा दिइरहेको जनाएको छ। बैंकका देशभर दुई सय ३ वटा एटीएम संचालनमा छन् ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...