CG Electronics
IME Life
NIMB

चन्द्रागिरि हिल्सको आइपीओ भर्नु भएको छ ? यदि छ भने जानुहोस् केबलकार टिकटमा २५ प्रतिशत छुट पाउनुहुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

 

कम्पनीले दशैंमा घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । हाल चन्द्रागिरि केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ भर्ने सबैले यसमा २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

 

कम्पनीले यसअघि पनि यस्तो अफर ल्याएको थियो । कम्पनीले गत पुस २४ गतेदेखि सर्वसाधरणका लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गरेको थियो ।

 

त्यस्तै, पहिलो चरणमा गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

 

कम्पनीको दुई चरणमा जारी गरेको आइपीओमा आवेदन दिएका १२ लाख ५६ हजार ७४६ जनाले छुट पाउने हिल्सले जनाएको छ । केबलकारको टिकटमा छुट पाउन सर्वसाधरणले आइपीओ भरेको प्रमाण टिकट काउन्टरमा देखाउनु पर्नेछ ।

 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...