nic bank
himalayan everesat
Nmb bank

७३ अर्ब लगानी स्वीकृत भए संगै बन्ने भए यी दुई जलविद्युत आयोजना

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

लगानी बोर्डको ४८औं बैठकले २ वटा जलविद्युत आयोजनाका लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

लगानी बोर्डको कार्यालयका अनुसार लगानी स्वीकृति हुनेमा दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजनामा करिब साढे १० अर्ब रुपैयाँ छ । त्यस्तै, संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजीवृद्धि स्वीकृति प्रदान गरिएको छ ।
बैठकले ९ मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा अध्ययन गर्न भन्दै एक उच्चस्तस्तीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन भएको हो ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्यसमेत रहेका छन् । लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवका रुपमा रहेका छन् । समितिलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डमा पेस गर्न कार्यादेश दिइएको छ ।

लगानी बोर्डको चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयसमेत बैठकले गरेको छ ।

बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्नसमेत निर्देशन दिएका छन् ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, विदेशी सहभागीहरुको आकर्षण बढ्दो

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी...

वि.सं.२०८० चैत २९ बिहीवार २१:०३

  चौथो संस्करणको 'हिमालयन हाइड्रो एक्स्पो, २०२४' को तयारी अन्तिम...

अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज, लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग

अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज,...

वि.सं.२०८० चैत २७ मंगलवार २१:०९

  काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय...