मुक्तिनाथ विकास बैंकद्वारा दरबारमार्ग र मालीगाँउ प्रहरी वृत्तलाई सहयोग
Monday Oct 11, 2021
वि.सं.२०७८ असोज २५ सोमवार २२:५८
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउलाई सहयोग गरेको छ ।
बैंकले प्रहरी कार्यालय जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तानतरण गरेको हो ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

























