CG Electronics
IME Life
NIMB

एक दिने भव्य सेल – ११.११ मा ५ करोडको छुट, ११ भाग्यशाली ग्राहकहरूलाई मोटरसाइकल उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । अलिबाबा समूहको दराज अनलाइन शपीङले काठमाडौं मेरियट होटलमा पत्रकार सम्मेलन गरि वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल – ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरका साथ

दराज एपमा कार्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भइ २४ घण्टामा समापन हुने जनाएको छ । दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११ ११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ , चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेंट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए। कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११ ११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।

“विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११ ११ फेरी सुरु हुन जाँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,०००+ बिक्रेताहरूले गत वर्षदेखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन्। देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं । किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल मार्फत बुझीयो। सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले सीदै भारतबाट डीलीभर गर्ने जानकारी दिये । संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११ ११ का विशेष साझेदारहरू रहेकापनि रहेको पनि बुझीयो।

“यो वर्षको मेगा गिभअवे सबैभन्दा भव्य हुनेछ । हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ भाग्यशाली ग्राहकहरूलाई टिभीएस रेइडर मोटरसाइकल प्रदान गर्दैछौं। हामी यसका लागी धेरै उत्साहित छौँ ।” दराजका पेमेंट र पार्टनरशिपको प्रमुख अरुण फुयालले कार्यक्रममा भने । उनले ११.११ का लागी १५ साझेदार बैंकहरुले अनलाइन कार्ड पेमेन्टमा थप १५% छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३,००० र क्रेडिट कार्डमा अधिकतम रु ३,५०० रहेको जनाए । साथै ई–सेवा र आईएमइ पे (क्ष्ःभ् एब्थ्) ले पनि विशेष छुट दिने र यति मात्र नभई, ग्राहकहरुले ४ साझेदार बैंकका क्रेडिट कार्ड मार्फत ०% ब्याजमा मासिक किस्ता योजना  लियी चाहिएको समान खरीद गर्न सक्ने पनि जानकारी गराए।

अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले भनिन्, “ग्राहक अनुभवमा कुनैै कमी नहोस भनेर हामीले १,४०० भन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौँ जस्मद्दे कस्टमर केयर एजेन्टहरु र १००० नयाँ डेलिभरी एजेन्टहरू रहेका छन्। ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो, त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।”

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...