CG Electronics
IME Life
NIMB

काठमाडौंमा सुरु भयो ‘इन्टरनेशनल स्कुल फर स्किल्स’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

“दक्ष नेपाल‘ सक्षम नेपाल” को मुल नारा सहित काठमाण्डौंको एभरेष्ट होटेलमा इन्टरनेशनल स्कुल फोर स्किल्सले आफ्नो यात्रा सुरु गरेको छ। आइ. एस. एस. ले नेपाली बजारमा कर्पोरेट सहित आम जनमानसलाई हुने गरी विभिन्न अन्तराष्ट्रिय तालीमहरु नेपाल भित्र्याउँदै छ।


आइ. एस. एस. ले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइ टि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेस्नल ग्रायडुयट डिग्री इन आइटि सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालीम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथीका विद्यार्थी सहित, आइ. टी.तथा आइ. टी. बाहेकका अरु कुनै संस्थामा काम गरिरहनु भएका व्यक्तिहरूको लागी ल्याएको छ। बिद्यार्धिहरुले सफ्टवेर डेवेलोप्मेन्ट, नेट्वोर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेवल ४ मा गर्न पाउने छन।

 

आइ. एस. एस. ले नेपालमा इ- जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ। इ- जाँच, ए. आई. प्रविधि प्रयोग सहित विश्व भरी अपनाइदै गरिएको प्रविधिहरु प्रयोग गरी तैयार पारिएको सफ्टवेयर हो। इ-जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परिक्षा गराउन गर्न सक्ने छन्। नेपालको भूगोल र प्रविधिको आधारमा इ- जाँचको विकास गरिएको छ। इन्टरनेटको सीमित स्पीडका कारणले गर्दा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै, इ- जाँचको विकास गरिएको हो।
नेपालमा पहिलो पटक, आइ. एस. एस. ले के. पि. एम. जि. सँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ। विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा के. पि. एम. जि. पनि पर्दछ। बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने के. पि. एम. जि. को प्रोग्राम नेपालमा आइ. एस. एस. ले लिएर आउँदै छ। कर्मचारी, विद्यार्थी तथा इन्ट्रप्रेन्युरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको छ। डिसाइन थिन्किंग एंड इन्नोवेशन, सर्विस डिसाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्र्याक्त्टिसनर तथा लिन सिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिमहरु आइ यस यस ले प्रधान गर्ने
आइ. एस. एस. ले नेपालमा कसैको स्किल्सको आंकलन गरी वहाँहरुलाई सुहाउँदो तालीम दिइ तालीम लिन आउने विद्यार्थीहरुलाई झन् दक्ष र सक्षम बनाउने अठोट सहित आइ. एस. एस. को सुरुवात गरेको छ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१२

  पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश...

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’...

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:०४

  काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...