CG Electronics
IME Life
NIMB

 देशको अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा कम्पनीले चार खर्बको बीमा कोष खडा

NIMB
Himalayan Bank

 

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा बीमा कम्पनीहरुको हिस्सा १० प्रतिशत हाराहारीमा छ भने समग्र जीवन बीमा क्षेत्रमा देशको कूल राजश्वको आधा आकारको जीवन बीमा कोष खडा गर्न सफल भएका छन् ।

बीमा अभिकर्ताहरुले जीवन बीमाको प्रस्ताव राख्दा कतिपय हुनेखानेहरुले नाक खुम्च्याउने समेत गर्दछन् । तर नेपालको जीवन बीमा क्षेत्रमा गरिब, किसान, मजदुरहरुले रगत पसिना बगाएर जम्मा गरेको बचत आज देशको विशाल आयोजना निर्माण गर्न सक्ने विशाल पुँजि निर्माण भएको छ । बीमा क्षेत्रमा हालसम्मकै ऐतिहासिक सवा चार खर्बको पुँजि निर्माण भएको छ ।

नेपालमा दर्ता भई सञ्चालित १८ वटा अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय समेत १९ वटा जीवन बीमा बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमाससम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले तीन वटै कोषमा चार खर्ब २१ अर्ब ९९ करोड ९७ लाख ५७ हजार ७५९ रुपैयमाँ जम्मा गरेका छन् । नेपालमा इतिहासमा कुनै पनि क्षेत्रले यति ठूलो कोष खडा गरेको यो पहिलो घट्ना हो । बीमा क्षेत्रले देशको आधा बजेट बराबरको कोष खडा गरेर पुँजि निर्माणमा योगदान गरेको छ भने समग्र अर्थतन्त्रको मेरुदण्डको भुमिका आफूलाई अझै शक्तिशाली सावित गरेको छ ।

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष महत्वपूर्ण हुन्छ । शेयर लगानीकर्ताहरुका लागि मुनाफा महत्वपूर्ण भएपनि लाखौं बीमित, बीमा अभिकर्ताको फाइदाको लागि जीवन बीमा कोषमै निर्भर हुनुपर्ने हुँदा यसको ठूलो महत्व छ ।

१९ वटै कम्पनीहरुले जीवन बीमा कोषमा कूल चार खर्ब पाँच अर्ब ७८ करोड ८० लाख ३४ हजार ४३७ रुपैयाँ जम्मा गर्न सफल भएका छन् । १९ वटै जीवन बीमा कम्पनीहरुले जगेडा कोषमा १३ अर्ब ६५ करोड दुई लाख ८३ हजार २५५ रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै महाविपत्ति कोषमा सबै जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५६ करोड १४ लाख ४० हजा ६७ रुपैयाँ जम्मा गरेका छन् ।

तथ्याङ्क अनुसार नेपाल लाइफ सबैभन्दा अगाडि छ । सो कम्पनी एक्लैको एक खर्ब २०अर्बको कोष छ । त्यस्तै, दोस्रो नम्वरमा एलआईसी नेपाल छ । सो कम्पनीको समग्र कोषमा ८४ अर्ब भन्दा बढि संचिती छ । चालु आवमै कम्पनीले एक खर्बको बीमा कोष बनाउने लक्ष्यमा अघि बढेको देखिन्छ । त्यस्तै, नेशनल लाइफको समग्र बीमा कोष ४६ अर्ब रुपैयाँको छ भने सरकारी राष्ट्रिय बीमा संस्थानको समग्र कोष कोष ३७ अर्ब रुपैयाँको छ ।

जीवन बीमा कोष, महाविपत्ति कोष र जगेडा कोषसहित समग्र कोषका आधारमा पाँचौं नम्वरमा रहेको एशिनयन लाइफको जीवन बीमा कोषमा ३९ अर्ब रुपयाँ छ भने मेट लाइफको २२ अर्ब, प्राइम लाइफको १६ अर्ब रुपैयाँ संचिती छ । त्यस्तै, सूर्या लाइफको १२ अर्ब, गुराँस लाइफको ११ अर्ब रुपैयाँ हुँदा नयाँ कम्पनी युनियन लाइफले समग्र कोषमा ९ अर्ब भन्दा बढि जम्मा गरेको छ ।

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढ्दै जाँदा देशको अर्थतन्त्रमा समेत थप पुँजि निर्माण भएको छ । बीमितहरुले गर्ने स–साना बीमा रकमबाट जम्मा हुने जीवन बीमा कोषले देशका लागि ठूला ठूला आयोजना निर्माणको लागि पुँजिको काम गरिरहेको हुन्छ । नेपाल अर्थतन्त्रमा पनि जीवन बीमा कम्पनीको उपस्थिति सशक्त बन्दै गएको छ । बीमाको पहुँच, बजार विस्तार बीमाको दायरा फराकिलो बन्दै जाँदा जीवन बीमा आम सर्वसाधारणको अभिन्न अंग बनेको भने देशको अर्थतन्त्रको लागि मेरुदण्ड बन्न सफल भएको तथ्याङ्कमा देखिएको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...