सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा रु.१०० बोनस र स्मार्टफोन उपहार पाइने
Friday Nov 26, 2021
वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:२६
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक लि। खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले रु. १०० बोनस प्राप्त गर्ने भएका छन् ।
यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने जनाइएको छ। यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ। प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने जनाइएको छ।
त्यसैगरी प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनु पर्नेछ। केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ। यो रु। १०० बोनस अफर मंसिर ३ देखि ४ पुस २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ।
अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, ‘हामीले मानिसहरुलाई डिजिटल भुक्तानीहरु प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौँ।
अब ग्राहकले पटक–पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन। धेरै मानिसहरु यो सेवालाई बढी रुचाउँछन्। किनकि यसले उनीहरुलाई लिंक गरेको एक बैंकबाट कुनै पनि बैंकमा सेकेन्डमै पैसा पठाउन सकिन्छ।’
सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्न प्रयोगकर्ताले निम्न कुराहरु गर्नुपर्छ–
‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘लिंक बैंक आउकान्ट’ मा ट्याप गर्ने त्यहाँ ‘लिंक बैंक टु खल्ती’ मा ट्याप गर्ने सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्ने रसब्मिटमा ट्याप गर्ने। जानकारी ठिक छ भने ‘लिंक बैंक प’ मा ट्याप गर्ने।
आफ्नो मोबाइलमा प्राप्त ओटीपी ९भेरिफिकेसन कोड० भर्ने र भेरिफाईमा ट्याप गर्ने। तपाइँको ‘खल्ती’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। यस लगायत ‘खल्ती’ मा थप १६ बैंकको खाता लिंक गर्न सकिन्छ।
२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको जनाएको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने जनाएको छ। ‘खल्ती’ एप प्जबतिष्।अयmरबउउ मा गइ डाउनलोड गर्न सकिने बताइएको छ।























