CG Electronics
IME Life
NIMB

नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नबिल बैंक लिमिटेडले उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले सो क्षेत्रमा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका उक्त तालिम कार्यक्रम सम्पन्न गरेको हो । बैंकले उद्यमशिलता र वित्तीय साक्षरता सम्बन्धि ६ दिन तालिम दिएको हो ।

सो कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

तिला गाउँपालिकामा अध्यक्ष रतन नाथ योगीको अध्यक्षतामा समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए ।

साथै उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नोे क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना समेत दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै पौडेलले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उनीहरु सक्रिय रुपमा सहभागी मात्र नभई आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा भएको बताए । शाक्यले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको बताए ।

उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको समेत र भेडाबाख्रा पालन त्यहाका वासिन्दाको मूख्य ब्यवसाय हुन सक्ने बताए । दिगो बैंकिङ प्रबर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी गराए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८।०८।२० देखि २०७८।०८।२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिमरकार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...