नेशनल लाइफद्धारा देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्पन्न
Sunday Dec 19, 2021
वि.सं.२०७८ पुस ४ आइतवार २०:२१
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।
कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७र०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७÷०७८” प्रदान गरेकि छिन् ।
उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७र०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएको थियो ।
यसै गरी अभिकर्ता सन्जालको आधारमा श्रीमती निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका थिए ।























