CG Electronics
IME Life
NIMB

महालक्ष्मी लाइफले बारा र मकवानपुरमा बीमा जागरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम संचालन पछि देश भरीका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ ।

हेटौडाको निर्मल बहुमुखि क्याम्पसमा अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षतामा संचालित कार्यक्रममा ५० जना विधार्थीको सहभागिता थियो ।अभियानका केन्द्रिय सदस्य जानुका दवाडीको स्वागत मन्तव्यबाट संचालन भएको कायर्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले प्रशिक्षण दिनुभएको थियो । अभियानका जिल्ला सदस्य बाल कुमारी डल्लाकोटीले संचालन गर्नुभएको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख सुभाष चन्द्र कडेलको उपस्थिति थियो ।

बाराको गंजभवानीपुर नगरपालिकाको भोला उच्च माध्यामीक विधालयका प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा संचालित कार्यक्रममा ८० जना विधार्थीको उपस्थिति थियो । अभियानका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुशुवाहा,रिषिकान्त गुप्ताको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका क्ष्रेत्रिय प्रमुख दीगम्बर प्रसादले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सम्पन्न भएपछि प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा ११ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान नगर कमिटि गठन गरिएको छ ।

त्यसैगरी गएको हप्ता बाग्लुंग जिल्लाको विभिन्न ११ वटा कलेज र माध्यामीक विधालय तथा एउटा स्वंयमसेविका संस्थामा युवासंग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ ।
सम्बन्धीत कलेज र माध्यामित विधालयका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मध्ये निसिभुजि जनता क्यापस ढोरपाटनमा २९ जना विधार्थी,उत्तर गंगा मा. वि ढोरपाटन बुर्तिवांगमा ७२ जना ,प्रभा मा।वी निसीखोलामा १०२ जना,ज्ञानेन्द्र मा।वि। निसिखोलामा २८ जना,त्रिभुवन मा।वि बडिगाडमा ५० जना,भिमागिठे मा।वि।मा ८० जना,जनजागृति मा।वि।मा ८४ जना,भानु मा वि।ग्वाली चौरमा ८१ जना, गलकोट बहुमुखि क्याम्पस हटियामा ५९ जना,पाण्डवखानी मा।वि। गल्कोट नगरपालिकामा ३९ जना,न्यू लाइफ बोर्डिङ्ग हरिचौर गल्कोटमा ८२ जना विधार्थीहरू र महिला स्वास्थ्य स्वंयमसेविका ग्वालिचौर वडिगाडमा ३० जना स्वंयमसेविकाको सहभागिता रहेको थियो ।

वाग्लुंग जिल्लाको ७ दिने बीमा जागरण अभियानमा कम्पनिका क्षेत्रिय प्रमुख जमुना आचार्य र बाग्लुंग प्रमुख विश्वनाथ आचार्यले प्रशिक्षण दिनु भएको थियो । कम्पनीका स्थानीय कर्मचारी घनश्याम चालिसे,पवित्रा पुन र लक्ष्मण आचार्यले कार्यक्रम संचालनमा सहजिकरण गरेका थिए भने अभियानका जिल्ला अध्यक्ष देवी जिसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...