CG Electronics
IME Life
NIMB

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

NIMB
Himalayan Bank

 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ । नेप्स परिसूचक उच्च अङ्कले बढे पनि कारोबार रकम भने तुलनात्मक रूपमा वृद्धि भएको छैन । कूल २३३ कम्पनीको ८१ लाख चार हजार ३१९ कित्ता शेयर रु चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८९ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी १५ करोड ८२ लाख ५४ हजार ४१७, अरुण भ्याली हाइड्रोपावर १३ करोड ९० लाख १७ हजार ३०६, गुर्खाज फाइनान्स १३ करोड ३७ लाख ६५ हजार २२७ र नबिल बैंक ११ करोड ७८ लाख ४५ हजार ६२४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

चार कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा तीन जलविद्युत् कम्पनी र एक उत्पादन क्षेत्रको कम्पनी रहेको छ । कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी र शिवम् सिमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्वाभिमान लघुवित्तको सेयरमा ९.९७ प्रतिशतको वृद्धि भएको छ । उता नबिल डिवेञ्चर ४.५९, प्रभु सेलेक्ट फण्ड २.४९, गुर्खाज फाइनान्स २.१६, कुमारी बैंकको डिवेञ्चर १.१७ र लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले १ प्रतिशतले गुमाए ।

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको तर यो प्रभाव दिगो हुने हो कि होइन भन्नेमा भने लगानीकर्तामा द्विविधा देखिन्छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २५ अर्ब ८९ करोड ५४ लाख ७९ हजार ७११ बराबर पुगेको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...