CG Electronics
IME Life
NIMB

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का

NIMB
Himalayan Bank

 

(प्रजिता तामाङ)

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार एक सूचना जारी गर्दै विशेष साधारणसभाको लागि आव्हान गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा आव्हान गरेको सूचनामा भनिएको छ, ‘नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जर प्रयोजनका लागि मूल्याकंनकर्ता टीआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्सले तयार गरेको दुवै संस्थाको चल–अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बन्द्ध व्यवस्था समेका आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो १ः१ हुने गरी एक आपसमा गाभ्नका लागि स्वीकृति प्रदान गर्नका लागि विशेष प्रस्ताव पारित गर्ने ।’

हिमालयन बैंकले भने यसअघि नै पुस ३० गतेका लागि नियमित साधारणसभा बोलाएको थियो । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पारित गर्ने र लाभांश पारित गर्ने प्रस्ताव गर्नका लागि साधारणभा बोलाएको थियो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर फागुनदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार मर्जरपछि बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत  सीईआे हिमालयन बैंकका अशोक राणा हुने छन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...