CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकको साधारण सभा स्थगित

NIMB
Himalayan Bank

 

काठमाडौँ  । सर्वोच्च अदालतले आज (माघ ३ गते, सोमबार) हुने भनिएको महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभामा रोक लगाएको छ । बैंकको बीसौँ वार्षिक साधारण सभा भोलि बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेदेखि हुने भनिएको थियो । तर सर्वोच्चले साधारण सभा नगर्न बैंकको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनले यसअघिको महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा र निर्वाचन सम्बन्धी विषयमा अन्तरिम छलफल गर्नको लागि भोलि सोमबारलाई पेशी तोकिएको स्थितिमा बैंकको वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्बन्धित भएको हुँदा सविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त रिटको निवेदनको अन्तरिम आदेश सम्बन्धी छलफलको टुङ्गो नलागेसम्मका लागि महालक्ष्मी विकास बैंकको स्थगित भई पुनः आज ९माघ ३ गते, सोमबार० मा गर्ने भनिएको साधारण सभा नगर्न नगराउन भनी उच्च अदालत नियमावली २०७३ को दफा ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि पनि गणपुरक संख्या नपुगेपछि बैंकको पौष २५ गते, आइतबार हुने भनिएको सभा स्थगित भएको थियो । उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियो । बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...