CG Electronics
IME Life
NIMB

लोभ लाग्दा विशेषता सहित ’याक बाइक’ सार्वजनिक

NIMB
Himalayan Bank

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ’याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको यहाँहरूलाई अवगत गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो ।

अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको छ । अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ। यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ। यो जिम्मेवार उद्देश्य पूरा गर्न, यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्दछ।

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ। हामी दाबी गर्छौँ कि ’याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक हुन सक्छ।

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन्। प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन ।

उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ। विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ।“ त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले ’याक बाइक्स’ लाई नेपालमा भित्राउने निर्णय गरेको हो।

सो अवसरमा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ’याक बाइक्स’ हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्छ। आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेका छौँ ।

केही बुँदाहरू जसले तपाईँलाई ’याक बाइक नै किन ?’ भन्ने प्रश्नको जवाफ दिने छ ट् :-

१ आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्न
२ पूर्ण विद्युतीय सवारी साधन भएकाले
३ वातावरण मैत्री सवारी
४ नेपालमा नै एसेम्बल गरिने भएकोले
५ नेपाल सरकारको कानुन र नियमहरू अन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने भएकाले
६ नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पुरा गर्न
७ नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ।

माथि उल्लेखित बुँदाहरू बाहेक हामी ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्न लागेका छौँ । यसले बेरोजगारीको समस्या कम गर्न मद्दत गर्छ । हामी हाम्रो कर्पोरेट सामाजिक उत्तरदायित्वहरूको लागि पनि प्रतिबद्ध छौँ। कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...