CG Electronics
IME Life
NIMB

मालपोत कार्यालय चावहिलका खरिदारसहित ३ जना पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मालपोत कार्यालय, चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित ३ जना घूस सहित पक्राउ परेका छन् । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगका अनु्सार जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामका लागि सेवाग्राहीसँग घुस १ लाख ३५ हजार माग गरेको भन्‍ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेत भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा अर्बपति खरिदारका रुपमा चर्चित छन् । लामो समयदेखि बस्नेत लगातार मुद्दा फाँटमा बसी गैरकानूनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गरिसकेको कर्मचारीहरु बताउँछन ।

उनले धोवीखोलाको नदी उकासका सार्वजनिक जग्गाहरू पनि घुस लिएर दर्ता गरेको आरोप लाग्दै आएको छ । यस अघि नै बस्नेतविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो ।

तर, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए । मालपोतका खरिदार बस्नेतले अस्वभाविक सम्पत्ति आर्जन गरेको भनी अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि अहिले घुससहित रंगेहात पक्राउ परेका हुन ।

बस्नेतले यस अघि धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानूनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ ।

खरिदार बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले २०७३ भदौ अन्तिममा हुलाक कार्यालयमा सरुवा गरे पनि उनले २०७३ पुससम्म रमाना लिएनन् । र, माघमा तत्कालीन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई घुस दिएर पुनः चावहिलमै दरबन्दी कायम गराउन सफल भएका थिए । यसरी पदीय दुरुपयोग गर्ने बस्नेत अहिले पनि चावहिल मालपोतमै असुलीमा ब्यस्त छन् । उनका बारेमा साँघुले पटक पटक ध्यानाकर्षण पनि गराउँदैआएको छ ।

सो कार्यमा संलग्न होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई घूस बापतको सो रकम लिइसकेको अवस्थामा चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...