CG Electronics
IME Life
NIMB

कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा एनआरएनए कतारको अपिल (अपिलसहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रीय समन्वय परिषद ९एनसिसी० कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक अपिल जारी गर्दै नेपालीहरु वैदेशिक रोजगार तथा ब्यवसायिक उद्देश्यका लागि बिश्वको विभिन्न मुलुकमा छरिएर रहेका छौ। त्यसै अनुरुप रोजगारी तथा ब्यवसायको लागि आकर्षण र सुरक्षित गन्तब्य मुलुक कतारमा समेत धेरै संख्यामा नेपाली दाजुभाई दिदिबहिनी रहेको उल्लेख गरेका छन् ।

अपिलमा नेपाल र कतारकाबीच रहेको पारस्परिक सम्बन्धका कारण आज हामी जहाँ उज्ज्वल भबिस्यको सपना लिएर कतारमा कार्यरत रहेको र हामी जुन देशमा रहन्छौ सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु हाम्रो कर्तव्य भएको र यदि यहाँ बसोबास गर्दा र कामकाजको सिलसिलामा कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु हामी सबैको दायित्व भएको उल्लेख गरिएको छ ।

‘हाल केही दिनदेखि सामाजिक संजाल मार्फत नेपाली श्रमिकहरुद्वारा कतारको कानुनु उल्लंघन हुने गरि गरिएका गतिबिधिहरु सार्बजनिक भएपछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ध्यानाकर्षण भएको र यस्ता गतिविधिहरुले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लंघन हुने र सो का लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक अनुरोधका साथै अपिल गर्दछ’, अपिलमा छ ।

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...