एनआरएनए युकेले आइसीसीसँग एमओयू नभएसम्म सदस्यता शुल्क नतिर्ने, सेल्फी पनि नगर्ने निर्णय
Friday Feb 25, 2022
वि.सं.२०७८ फागुन १३ शुक्रवार १८:०८
गैरआवासीय नेपाली संघ एनआरएनए युकेले संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शूल्कका सम्बन्धमा एमओयू नभएसम्म सदस्यता शुल्क नतिर्ने स्पष्ट पारेका छन । सोहि प्रसङ्गमा अध्यक्ष गाहा मगरले प्रतिनिधिको नै निर्क्योल नभएकाले सेल्फीको कुरा तत्काल आवश्यक नभएको समेत बताएका छन ।
पत्रमा गैरआवासीय नेपाली संघ युके संघको अन्तराष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तब्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराउदै सदस्यता शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद युकेका सरोकारका विषयहरुको समयमै सुनुवाई होस भन्ने आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ गैरआवासीय नेपाली संघ युकेका सदस्यहरुको तर्फबाट संघको दशौ महाधिबेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनु पर्नेमा हामी स्पष्ट छौ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका तर्फबाट पठाइएका प्रतिनिधीका सम्बन्धमा आईसीसीको सचिबालयले बेलाबेलामा अपनाउदै आएको रबैयाबाट भने हामी चिन्तित छौ। राष्ट्रिय समन्वय परिषद युकेका तर्फबाट हुने प्रतिनिधीत्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक फरक धारणा सार्वजनिक हुदा हाम्रो बैधानिक प्रतिनिधीत्वका सम्बन्धमा आस्वस्त हुन सकिरहेका छौनौ। हामी राष्ट्रिय समन्वय परिषद युकेको वर्तमान कार्यसमितीले प्रमाणित गरेर पठाएका सम्पुर्ण प्रतिनिधीहरुले महाधिबेशन तथा निर्वाचनमा भागलिन पाउने कुराको पुर्ण सुनिष्चितता होस भन्ने चाहान्छौ।
यसैगरी पत्रको दोश्रो बुदामा भनिएको छ गैर आवासीय नेपाली संघ युके हालै मात्र बेलायतको स्थानिय कानुन अनुसार कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ।यस संस्थाबाट हुने सम्पुर्ण आर्थिक गतिविधी नियमकानुनको परिधिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ।अतः केन्द्रमा शदस्यता शुल्क बापतको रकम पठाउनु पहिले बैधानिक दायीत्व श्रृजना हुने गरी केन्द्र र हाम्रो विचमा अधिकार, कर्तब्य र दायीत्व बाँडफाँडको सामान्य दस्ताबेजको रुपमा नियमानुसारको सम्झौता पत्र : झयचबलमग या गलमभचकतबलमष्लन ९ःइग्० तयार गरी हस्ताक्षर हुन जरुरी हुन्छ। हाम्रो तर्फबाट यस्तो दस्ताबेजका सम्बन्धमा आवस्यक तयारी भैसकेको जानकारी गराउदै अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट समेत समयमै आवस्यक पहल हुनका लागि अनुरोध गर्न चाहान्छौ ।
गैरआवासीय नेपाली संघ युकेको बैंकिङ्ग कारोवारको पुर्ण हस्तान्तरण भैनसकेको र रकम स्थानान्तरण सहज नभईरहेको कारण समय लाग्न सक्ने अवस्था जानकारी गराउदै भनिएको छ अन्तराष्ट्रिय समन्वय परिषदका प्रति विधान अनुसारको हाम्रो दायीत्व समयमै बुझाउने कुरामा हामी पुर्ण प्रतिबद्ध छौ। पत्रमा भनिएको छ हाम्रा चासोका विषयहरुमा अध्यक्ष पन्तको समयमै ध्यान जानेछ भन्नेमा विस्वस्त रहेको अध्यक्ष गाहामगरले जनाएका छन ।
गैरआवासीय नेपाली संघ युकेको नेपाल हाउस बनाउने कार्यक्रम बारेमा जानकारी गराउदै भनिएको छ आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ । करिव तिन लाख गैरआवासीय नेपालीहरुको बसोबास भएको यो देशमा गैर आवासीय नेपाली संघ तथा यहा रहेका नेपाली हरुको साझा घरको आवस्यकता महशुस भएको छ। अतः गैरआवासीय नेपाली संघ युकेले यो बर्ष नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायीत्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ, पत्रमा भनिएको छ ।

























