CG Electronics
IME Life
NIMB

नेपाल पुनर्बीमाको आयोजनामा बीमा क्षेत्र र विश्व विद्यालययबीच इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा क्षेत्र र नेपालका विश्व विद्यालययहरुका बीचमा इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रबार राजधानी काठमाडौंमा नेपालका सात वटा विश्व विश्व विद्यालय र पोलिसी रिसर्च इन्टिच्यूट समेतको सहभागितामा आयोजित बृहद अन्तरक्रिया कार्यक्रममा बीमा शिक्षा र बीमा क्षेत्रमा दक्ष जनशक्तिको परिपूर्तिको सम्बन्धमा केन्द्रीत भएर छफल गरिएको थियो ।

उक्त कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगको प्रमुखले एकेडेमिया र इन्डष्ट्रीका बीचमा सैद्धान्तिक र प्रयोगात्मक समस्या, पाठ्यक्रम र आवश्यकताको समस्या, माग र पूर्तिको समस्या लगायतका समस्याहरु रहेको निष्कर्ष निकाल्दै बैंक तथा बीमा कम्पनी र वित्तिय क्षेत्रमा क्रमभंगताको अवस्थाबारे अध्ययन गरेर हातेमालो आवश्यक रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले हालसम्म अब दुवै क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्ने बेला आएको बताउँदै बीमा क्षेत्रमा हुने अध्ययन अनुसन्धानमा बीमा क्षेत्रले सघाउनुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका पूर्व अध्यक्ष प्रा।डा। फत्त बहादुर केसीले एकेडेमिया र इन्डष्ट्रीको बीचमा केही खाडल रहेको बताउँदै त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्ने औल्याए । पूर्व अध्यक्ष केसीले बीमा कम्पनीहरुले अध्ययन अनुसन्धान ध्यान दिनुपर्नेमा जोड दिँदै बीमा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न एकेडेमियाले ध्यान दिने र एकेडेमियालाई अध्ययन गर्न बीमा क्षेत्रले सघाएर अघि बढ्न सकेमा दुवै पक्षलाई फाइदा हुने बताए । साथै उनले नियमित रुपमा अन्तरक्रिया र छलफल आवश्यक रहेको भन्दै आगामी दिनमा पनि छलफल र अन्तरक्रियाहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताए । कार्यकारी निर्देशक पौडेलले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि बीमा कम्पनीहरुले पनि लगानी गर्नुपर्ने बताउँदै नियामक निकायले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रा।डा। प्रेमराज पन्तले बीमा क्षेत्रले पुर्याएको योगदानबारे आवश्यक जनचेतना फैलन नसकेको बताउँदै नयाँ पिढीका युवा पुस्तालाई बीमा क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए । उनले बैंक र बीमा क्षेत्रमा कार्यरत विज्ञहरुको टिम बनाएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदी र पोखरा विश्व विद्यालयका डा। नर बहादुर बिष्टले बीमा क्षेत्रको अवस्था, बीमा क्षेत्रमा जनशक्तिको अवस्था शैक्षिक क्षेत्रले खेलेको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका डा। हरि अधिकारी, पूर्वाञ्चल विश्व विद्यालयका डिन प्रा।डा। बिजु कुमार थपलिया, पोखरा विश्व विद्यालयका डिन प्रा।डा। दयाराज ढकाल, मध्यपश्चिम विश्व विद्यालयका डिन प्रा।डा। दिप बहादुर रावल, सुदुर पश्चिम विश्व विद्यालयका डिन प्रा।डा। मार्शल स्थापित, पोलिसी रिसर्च इन्टिच्यूटका डा। हरि शर्माले सम्बन्धित विश्व विद्यालयको तर्फबाट आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीमा कम्पनीहरुको तर्फबाट नेपाल जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ र पोषक पौडेलले बीमा क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति शैक्षिक क्षेत्रले उत्पादन गर्न नसकेको भन्दै गुनासो गरेका थिए । त्यस्तै, नेपाल बीमक संघका उपाध्यक्ष बीरेन्द्र्र वैदवार क्षेत्रीले बीमा क्षेत्रमा अध्ययन अनुसन्धानको खाँचो भएको भन्दै त्यसको लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले अध्ययन अनुसन्धानको काम धेरै भएको र बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले सबैले आ–आफ्नो भागको अध्ययन अनुसन्धान गर्नुपर्ने बताए । स्वागत मन्तव्य राख्दै सिईओ रायमाझीले नेपाल पुनर्बीमा कम्पनीको आजको अवस्थासम्म आईपुगे पनि सरकारी कम्पनी भएकोले धेरै कुरामा सरकारकै मुख ताक्नुपर्ने बाध्यता रहेको सुनाए ।

कार्यक्रम नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा। रविन्द्र घिमिरेको सभातित्वमा सम्पन्न भएको थियो । समापन मन्तव्य राख्दै अध्यक्ष घिमिरेले निरन्तर अन्तरक्रिया र छलफल गर्दै अघि बढ्न सकेमा बीमा क्षेत्रमा अझै धेरै प्रगति हुने विश्वास व्यक्त गरे ।

 

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...