बैंकहरुबाट प्रवाह भएको अत्याधिक कर्जाको कारण बैंकहरुमा तरलताको चर्को अभाव :अर्थमन्त्री शर्मा
Monday Apr 11, 2022
वि.सं.२०७८ चैत २८ सोमवार २०:०२
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुबाट प्रवाह भएको अत्याधिक कर्जाको कारण बैंकहरुमा तरलताको चर्को अभाव बढेको बताएका छन् । तरलता अभावसँगै देशको अर्थतन्त्रमा केही संचुकन आएको मन्त्री शर्माले स्वीकार गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थतन्त्रबारे कुनै पनि स्वार्थ राखेर आफ्नो धारणा बाहिर ल्याउनु राष्ट्रघात भएको स्मरण गराउँदै मन्त्री शर्माले सबैलाई सचेततापूर्वक धारण प्रस्तुत गर्न भनेका छन् ।
मन्त्री शर्माले महंगो इन्धनको आयात गर्नु परेका कारण देशको भुक्तानी सन्तुलन केही खस्किएको दावी गरेका छन् । उनले १३ महिनालाई धान्ने विदेशी मुद्रा संचिती अहिले ६/७ महिनालाई धान्ने अवस्थामा पुगेको र युक्रेन र रसिया युद्धको कारण समग्र बस्तुहरुमा मूल्य बढेका कारण पनि चाप बढि परेका बताएका छन् । मन्त्री शर्माले मुलुक कुनै पनि हालतमा श्रीलंका नहुने बताउँदै समयमै राज्यले सही उपकरण प्रयोग गरेर समाधान गर्ने बताए ।

पढौं प्रेस बक्तव्यको पूर्ण पाठ
विज्ञप्ति
नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट भएको छ। यस प्रकारकापृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास छ।अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ।अर्थतन्त्रका समष्टिगतपरिसूचकहरु सामान्य नै रहेको छ। तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको छ।अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा आम नागरिक तथा सरोकारवालालाई जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत गरेको छुः
आर्थिक वृद्धि तथाकुल गार्हस्थ्य उत्पादन :
1.आर्थिक वर्ष २०७६र७७ आर्थिक वृद्धि२.१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष२०७७र७८ मा पनिकोभिड-१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७.० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४.० प्रतिशतमा सीमित हुने अवस्था छ।चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड(१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको,सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।
मूल्य स्थिति :
2. विगत तीन वर्षको औसत मुद्रास्फीति छ।ज्ञड प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।
वैदेशिक व्यापार :
3.वस्तु आयातमा भएको उच्चवृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ।चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात र निर्यात क्रमशस् रु.१४५० अर्ब ७१ करोड र रु. ज्ञ५९ अर्ब ७६ करोड पुगेकोछ।आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः३३.९ प्रतिशतर७२.८ प्रतिशतले वृद्धिभएको छ। फलस्वरुप, व्यापार घाटा बढेर रु.ज्ञ२९० अर्ब ९६ करोड पुगेकोछ।विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।
विदेशी विनिमय सञ्चिति :
4.२०७८ असार मसान्त सम्म रु.१३९९ अर्ब ३ करोड रहेको विदेशी विनिमय सञ्चिति १ट।द्द प्रतिशतले कम भई २०७८ फागुन मसान्तमा रु।१ज्ञठ१ अर्ब कायम हुने देखिएकोछ।उक्त सञ्चिति करिब ट।७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ।
विप्रेषण आप्रवाह :
5.चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा द्ध।ढ प्रतिशतले कमी आईरु। ६३१ अर्ब ज्ञ९ करोड कायम भएकोछ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्व प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।
पर्यटन :
6.पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म ९पहिलो ३ महिनामा० नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८।६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ।सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
वैदेशिक रोजगार :
7.चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धि भई २ लाख २६ हजार ७०० पुगेकोछ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४।८ प्रतिशतले घटेको थियो।त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनःश्रमस्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेकोछ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या६५।२ प्रतिशतले घटेको थियो
वैदेशिक लगानी :
8.चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत रु.३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१।३ प्रतिशतले बढी हो.२०७८माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत रु. ८२अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
सार्वजनिक खर्च :
9.चालुआर्थिकवर्षकोचैत्र २६ गतेसम्म संघीय सरकारको कुलखर्च रु.७६८ अर्ब २५ करोड (कुल विनियोजनको ४७.०५ प्रतिशत) रहेको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६७२ अर्ब ७८ करोड ९कुल विनियोजनको ४५।६२ प्रतिशत० मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२प्रतिशतले बढी हो।
10.कूल खर्च मध्ये चालु खर्च रु ६०५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च रु.९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेकोछ।त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.६४ अर्ब ९७ करोड अर्थात ३४.२९ प्रतिशत रहेकोछ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत, पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।
राजस्व :
11.आर्थिकवर्ष२०७८र७९को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले वृद्धिभई रु।७५० अर्ब ३४ करोड पुगेकोछ।जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशतहो।यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर रू.६९० अर्ब ३५ करोड (लक्ष्यको ६४.६४ प्रतिशत) रहेको छ भने गैरकर राजस्व २८.४२ प्रतिशतले बढेर रू.५९ अर्ब ९९ करोड (लक्ष्यको ५३.२६ प्रतिशत) पुगेको छ।
आन्तरिक तथा वाह्य ऋण :
12. चालु आर्थिकवर्षमा रु.२३९अर्बबराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा यस आर्थिक वर्षकोचैत्र २८ गते सम्ममा रु.१०५ अर्ब बराबरको आन्तरिक ऋण परिचालन भएकोछ।हालसम्मरु.११६ अर्ब बराबरको वाह्य ऋण तथा रू. १३ अर्ब ८८ करोड वरावरको वैदेशिक अनुदान गरी जम्मा रू. १२९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएकोछ।
13.नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ। २०७८ चैत्र २८ गतेसम्म आन्तरिक ऋण रू।ड७घ अर्ब १९ करोड र बाह्य ऋण रू.८० अर्ब८० करोड गरी कूल सार्वजनिक ऋण रू.१८५४ अर्बरहेको छ। जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब ३.४ प्रतिशत हुन आउँछ। कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एशिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून नै रहेको छ।
14.चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ रू. १९ अर्ब १३ करोड र आन्तरिक ऋण तर्फ रू. ५१ अर्ब ३ करोड गरी जम्मा रू. ७० अर्ब १६ करोड बराबरको सावाँ र ब्याज भूक्तानी गरिएको छ।
15.चालु आर्थिक वर्षमा वैदेशिक ऋणको साँवा ब्याज गरी जम्मा रू। द्धण् अर्ब टट करोड भुक्तानी गर्नुपर्ने प्रतिवद्धता रहेको छ। उक्त रकम कूल वैदेशिक मुद्राको हालको सञ्चिति रू.11७१ अर्बको तुलनामा न्यून नै हो।
विकास सहायता प्रतिवद्धता :
16. हालसम्म रू.26 अर्बको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ।
मौद्रक एवं तरलता व्यवस्थापन
17२०७८माघ मसान्तसम्मअघिल्लोआर्थिकवर्षकोसोहीअवधिकोतुलनामा निजी क्षेत्र तर्फनिक्षेपसंकलनघ।ट प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा कर्जाप्रवाह ज्ञद्द।घ प्रतिशतले वृद्धि भएकोछ।चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च भएको कारण बैंकिङ्ग प्रणालीको तरलतामा चाप परेकोछ।
18. कर्जा प्रवाह मध्ये माघ मसान्तसम्म सहुलियतदरमाप्रदानभएकोपुनर्कर्जारु। १५३अर्बटढकरोड लगानीमा रहेकोछ भने सहुलियतपूर्ण कर्जा १लाख ४द्दहजार घ सय द्धद्ध ऋणीलाई रु२ज्ञद्ध अर्ब ठड करोड प्रवाह भएकोछ।कोभिड(१९ बाट प्रवाहित उद्यमी तथा व्यवसायीलाई प्रदान गरिएको व्यावसायिक निरन्तरता कर्जा २०७८ माघ मसान्त सम्म रु।१अर्ब ज्ञ३करोड स्वीकृत भएकोछ।
19.चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न उपकरणहरु मार्फत्र द्धण्डट अर्ब द्ध करोड तरलता प्रवाह भएकोछ।
अर्थतन्त्रमा परेको दवाव र जिम्मेवारीबोध:
20.दुई वर्षदेखिको कोभिड(ज्ञढ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्र कोभिड(ज्ञढ विरूद्धको खोपको उपलब्धतासँगै विस्तारै सामान्यीकरण बन्दै गएको छ।
21.वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय संचिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय संचालनमा बढोत्तरी, कम उत्पादनशीलक्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, सुन आयातमा कटौती, बैंक मार्फत विप्रेषण आप्रवाहमा थप व्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिवद्धता समेतबाटअर्थतन्त्रको वाह्य दवावकोउपयुक्त व्यवस्थापन हुँदै जानेदेखिन्छ।
22.विदेशी मुद्रा संचितिको अवस्था सामान्य नै रहे तापनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंक मार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने जस्ता विषयमा विश्लेषण तथा विमर्स गरी तदनुसारका नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको अवस्था छ।
23.अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालय उच्च प्रशंसा गर्दछ। मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाइनेछ। यस सम्बन्धमा व्यक्त चासो र चिन्ताका लागि धन्यवाद व्यक्त गर्दै नियमित रूपमा सुझाव उपलब्ध गराइदिनहुन बुद्धिजिवी वर्ग र आम नागरिकमा अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ।






















