माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा ‘एमबीएल एक स्मार्ट’ को सुरुवात
Monday Apr 11, 2022
वि.सं.२०७८ चैत २८ सोमवार २२:००
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा ‘एमबीएल एक स्मार्ट’ को सुरुवात गरेको छ ।
आफ्नो सञ्चालनमा रहेको मोबाइल एपलाई ओमनी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी ‘एमबीएल एक स्मार्ट’ सुरु गरेको हो ।
‘एमबीएल एक स्मार्ट’ लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको ।























