CG Electronics
IME Life
NIMB

सगरमाथा इन्स्योरेन्सलाई करिब चार करोड रुपैयाँ बीमा समितिको खातामा जम्मा गर्न निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । बीमा समितिले उच्च अदालत पाटनको फैसला कार्यान्वयन गराउन तीन कम्पनीलाई फैसला बमोजिमको रकम ७ दिनभित्र जम्मा गर्न निर्देशन दिएको छ ।

बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई करिब चार करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीलाई करिब ७५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी करिब १४ लाख रुपैयाँ सात दिन दाखिला गर्न निर्देशन दिएको हो ।

नेपालको इतिहासमा पहिलो पटक बीमा समितिले बीमक कम्पनीलाई फैसला कार्यान्वयनको लागि रकम जम्मा गर्न निर्देशन दिएको हो । बीमक कम्पनीहरुले आफूले मुद्दा हारे पनि बीमितलाई दुःख दिन विभिन्न अदालतमा जाँदै दावी भुक्तानी नगरी अटेर गर्दै आएका थिए । समितिले अदालतबाट अन्तिम किनारा लागि सकेको मुद्दाहरुमा फैसला बमोजिमको रकम जम्मा गर्न निर्देशन दिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समिति जिल्ला अदालत सरह अर्धन्यायिक निकाय भएकोले फैसला कार्यान्वयन गर्न निर्देशन दिइएको बताए ।

बीमा समितिको निर्देशनसँगै अब ति कम्पनीहरुले बीमा समितिको खातामा रकम जम्मा गरेर उच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने भएको छ । सो निर्देशन अनुसार बीमितलाई दावी भुक्तानी नदिई झुक्याउँदै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले करिब चार करोड रुपैयाँ बीमा समितिको खातामा जम्मा गर्नुपर्ने भएको छ । यससँगै कम्पनीको मुनाफा समेत प्रभावित हुने भएको छ । यद्यपि सो मुद्दा आफूलाई चित्त नबुझेको भन्दै बीमा कम्पनीहरु दोहोर्याउन पाउन माग सहित सर्वोच्च अदालतमा पुनः रिट लिएर गइसकेका छन् ।

बीमा समितिका अनुसार दुई तहको अदालतबाट फैसला भइसकेकोले पुनरावेदनको बाटो अन्त्य भएकोले फैसला कार्यान्वयनको लागि आदेश दिइएको हो । बीमा समितिको निर्देशनसँगै बीमितलाई दावी भुक्तानी गर्ने सवालमा बीमक कम्पनीहरु थप जिम्मेवार बन्ने विश्वास लिइएको बीमा समितिले जनाएको छ ।

यसैबीच, बीमा समितिले फैसला कार्यान्वयन गर्दै एलआईसी नेपाललाई करार बमोजिम बीमा पोलिसी कायम राख्न आदेश दिएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...