ग्लोबल आइएमई बैंकको खोटाङको बुइपामा शाखारहित बैंकिङ सेवा
Tuesday Apr 12, 2022
वि.सं.२०७८ चैत २९ मंगलवार २३:११
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामीण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो।
बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।























