CG Electronics
IME Life
NIMB

नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, महानायक राजेश हमालले गरे उद्घाटन 

NIMB
Himalayan Bank

 

काठमाडौ । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेनु साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गरेको छ ।

आज (मंगलबार) देखी सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत ुको को मोडलु मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट www.saathimart.com मा गएर वा एप स्टोरमा उपलब्ध एप मार्फत आफुलाई चाहिएको सामान रोजि निस्शुल्क डेलिभरी मगाउन सकिन्छ ।

 

साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो ब्यापार बिस्तार गर्न साथी पार्टनसु कम्पनी समेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केहि प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरु लाई अझ प्रोत्साहन गर्दछ ।

साथीमार्ट आईएसओ ९००१स्२०१५ प्रमाणित कम्पनी हो । साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ।

तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

 

२०७८र७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०र८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९र८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ।

साथीमार्टका आउटलेट पुर्वमा झापा देखि पश्चिम कैलाली दार्चुला सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा १०० आउटलेट सहित फैलिएको छ ।

हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ।

 


कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ।

नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ।

विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे।

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई...

वि.सं.२०८३ असार १८ बिहीवार २२:४८

  काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघ ९ःद्यब्ल्० का कार्यसमिति सदस्यहरूले...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार १८ बिहीवार २२:४२

  भरतपुर, असार १७ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा...

वि.सं.२०८३ असार १८ बिहीवार १२:३४

  काठमाडौं। डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत क्रियाशील लायन्स क्लब अफ...

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...