CG Electronics
IME Life
NIMB

सेयर बजारको पहिरो आज पनि रोकिएन, कुन-कुन कम्पनीको मूल्य घट्यो ?

NIMB
Himalayan Bank

काठमाडौँ । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमै ८० अंकले घटेको नेप्से आज ३७ अंकले घटेको हो । यस साता नेप्से समग्रमा ११७ अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम ३९ करोडले बढेर डेढ अर्ब नाघेको छ । बिहीबार नेप्से ३७।०७ अंकले घटेर २२३८।६२ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २।९४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । आज करोबारमा आएको २३२ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे । उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ७।१३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रोपावर, मैलुङ खोला, शिव श्री र युनियन हाइड्रोपावरको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, ग्रीन भेन्चर्स, पञ्चकन्या माइ र बुद्धभूमि नेपालको ६ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्स, लिबर्टी इनर्जी, इमजिङ नेपाल, प्रिमियर इन्स्योरेन्स, सान्जेन हाइड्रोपावरका सेयरधनीले साढे ५ प्रतिशत गुमाएका छन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...