nic bank
himalayan everesat
Nmb bank

महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ ।

तेस्रो त्रैमासिक अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको आम्दानी बृद्धि हुँदा मुनाफा समेत बढेको देखिएको छ । आईपिओ जारी गर्नुअघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको कम्पनीको जीवन बीमा कोष ४८।३५ प्रतिशतले बृद्धि भई एक अर्ब ९८ करोड १९ लाख ७० हजार ८७१ रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोषको आकार एक अर्ब ३३ करोडमा सीमित थियो । कुनै पनि जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण सूचक मानिन्छ ।

 

कम्पनीको जगेडा कोष ३७ प्रतिशतले र महाविपत्ति कोष ४७ प्रतिशतले बृद्धि हुँदा कूल कोषको आकार दुई अर्ब २३ करोडभन्दा माथि पुगेको छ ।

महालक्ष्मी लाइफले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी १४५।३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कोरोना महामारी र आर्थिक संकटकै बीचमा कम्पनीले उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाएको छ । गत आवको चैत्र मसान्तसम्ममा जम्मा ७१ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा एक अर्ब ११ करोड भन्दा बढि खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको खुद दावी भुक्तानी दुई करोड ८२ लाखबाट बृद्धि भई १२ करोड ५१ लाख पुगेको छ । नयाँ कम्पनीहरुको सुरुमा दावी भुक्तानी न्यून हुने र व्यवसाय बृद्धि हुँदा जाँदा दावी भुक्तानी बृद्धि हुने सामान्य कुरा हो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट प्राप्त आम्दानी ३४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकहरुको ब्याजदर बढेसँगै कम्पनीको आम्दानीमा बृद्धि भएको हो । त्यस्तै व्यवस्थापन खर्च ११ प्रतिशतले बढेर १८ करोड ६२ लाख पुगेको कम्पनीले अभिकर्तालाई कमिशन बापत १९ करोड ३६ लाख २३ हजार ३१५ रुपैयाँ वितरण गरेको छ ।

कम्पनीले खुद नाफा ८।४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको गत आवमा छ करोड ६८ लाख खुद नाफा कमाएकोमा चालु आवको नौ महिने अवधीमा सात करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीमा हाल कायम रहेको बीमा पोलिसी संख्या ३३ हजार ४६८ बाट बृद्धि भई ३६ हजार ५५५ पुगेको छ ।

कम्पनीको समग्र वित्तिय प्रतिवेदनले सकारात्मक सुधारहरु देखिएका छन् भने कम्पनीको व्यवसाय फैलदै गरेको देखिन्छ । खर्च नियन्त्रण तथा सही क्षेत्र पहिचान गरी लगानी गरेकोले कम्पनीको आम्दानी समेत बढेको वित्तिय विवरणले औल्याएको छ ।

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:२७

  ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा...

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:५१

  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात...