यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा भयो सूचीकृत, कुनको कति प्रतिशत ?

वि.सं.२०७९ वैशाख २४ शनिवार १०:१६

नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा यो साता थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा महुली लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा बिहीबार महुलीले गत वर्षको नाफाबाट वितरण गरेको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, सोमबार हिमालयन जनरलको गत वर्षको नाफाबाट वितरण गरेको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको २० प्रतिशत अर्थात् ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।