CG Electronics
IME Life
Ncell NPL

जागिरको लागि कुमारी जब सजिलो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं।आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् । विगत ८ वर्षदेखि यसै गरी धेरैजनालाई कुमारी जबले निःशुल्क र सहज रुपमा जागिर खोजिदिँदै आएको छ । यसै सन्दर्भमा के.एल. दुगडको स्मार्ट अप्लायन्सेज डिपार्ट्मेन्टमा सि.इ.ओ.को रुपमा कार्यरत श्री रोहित रौनियारज्युसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

१.तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?

मैले यहाँ काम गर्न थालेको २ वर्ष भयो ।

२.तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमा पनि बताईदिनुहोस न ?

खासमा म यहाँ आउनुभन्दा अगाडि नियोटेरिक नेपालमा सिइओको रुपमा कार्यरत थिँए । र त्यसै समयमा कुमारी जबले मलाई के.एल. दुगडमा राम्रो अवसर भएको जानकारी गरायो ।

३. कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?

कुमारी जबले मलाई के.एल. दुगडको सम्बन्धित विभागसँग मिटिङ गराइदिनेदेखि लिएर अन्य आवश्यक सहयोग गर्यो । यहाँ कार्यरत कर्मचारीहरु मलाई अत्यन्तै मिलनसार र सहयोगी लाग्यो ।

४. कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?

मेरो आवश्यकता र अपेक्षा अनुरुप नै सबै कुरा भयो । वास्तवमा वहाँहरुले उक्त अवसरको बारेमा जानकारी गराएपछि मैले सम्बन्धित कम्पनीमै बाँकी कुरा गर्न चाहेको थिँए । वहाँहरुले त्यही अनुसार नै समय र सन्दर्भ मिलाइदिनुभयो ।

५.कुमारी जब मार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?

मैले अहिलेसम्म मेरो कामलाई निरन्तरता दिइरहेको छु । मलाई लाग्छ राम्रो काम पाउनु र त्यसलाई निरन्तरता दिनु नै हामी जस्तो कर्मजीविहरुको लागि महत्वपूर्ण कुरा हो ।

६.अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?

अत्यन्तै सन्तुष्ट छु ।

७.यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?

मलाई यसरी राम्रो अवसर दिलाईदिएकोमा कुमारी जब प्रति आभारी छु । वहाँहरुले जुन प्रकारले निःशुल्क रुपमा जागिर खोजिदिँदै आउनुभएको छ त्यसले पक्कै पनि धेरै जनाको करीयर र जीवनमै सकरात्मक परिवर्तन ल्याएको छ । हामी काम गरिरहेका मानिसहरुलाई यस्तो अवसरहरुको बारेमा खासै थाहा हुँदैन । राम्रो अवसरको खोजीमा रहेका म जस्तै अन्य उम्मेदवारहरुलाई कुमारी जबले यस्तै सेवा प्रदान गर्दै जावस् । व्यवसाय मात्रै गर्नुभन्दा पनि आफ्नै करियरमा पनि सन्तुष्ट हुन सकिन्छ भन्ने सन्देश दिन पनि कुमारी जब सफल होओस् । र यसै गरि आफ्नो सेवा विस्तार गर्दै जावस्, यही शुभकामना दिन चाहन्छु ।

 

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०२

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट...

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९

  काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ?...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३४

  काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास...