CG Electronics
IME Life
NIMB

एमालेले ६० प्रतिशत भन्दा बढी पालिका जित्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् ।

काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताएका हुन् । अहिले देशभर एमालेको लहर चलेको बताउँदै उनले एमालेलाई विजयी गराउन सबैमा अनुरोध पनि गरे । स्थानीय निकाय निर्वाचनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्माहालिरहेका पोखरेलले परमादेशी गठबन्धन एमालेलाई हराउन लागे पनि एमाले भने आफू जित्न लागेकोले देशैभर लहर छाएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसमा प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले आफ्नो घोषणा पत्र समेत जारी गर्न आवश्यक ठानेन, माओवादीले काँग्रेसले जारी गरेको घोषणा पत्र नै आफ्नो ठानेको छ ।

पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ । आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए । सरकारी ‘बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ  ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले टोखा नगरपालिकामा एमालेले ५ बर्षमा राम्रो काम गरेको उल्लेख गर्दै अत्याधिक मत दिएर एमालेका सबै उम्मेदवारलाई जिताउन आग्रह पनि गरे ।

चुनावी सभामा टोखा नगरपालिकाका एमालेका मेयर पदका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले आफूहरुले अघि सारेका विकास निर्माण, सामाजिक विकास तथा समृद्ध टोखा निर्माण अभियानलाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै अत्याधिक मतका साथ विजयी गराउने टोखा नगरबासीलाई अनुरोध गरे ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...