नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेछन् ।
यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो ।
यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आÏनो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।
त्यसैगरी, नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत यूपीआई आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।