सेञ्चुरी बैंकले जारी गरेको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड
Wednesday May 25, 2022
वि.सं.२०७९ जेठ ११ बुधवार १७:०१
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड भएको छ । १०।५० प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र जेठ १० गते बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रितपूर्वक दरखास्त दिएका आवेदकलाई कुल २१ लाख ९० हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले जम्मा २१ हजार ११ लाख ६३० कित्ता ऋणपत्र जारी गरेको थियो । जसमा माग बमोजिम नै आवदने परेको बैंकले जनाएको छ ।
सर्वसाधारणमा निष्काशित कूल ८ लाख ८० हजार कित्ता डिबेन्चरमध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ । र, बाँकी रहेको ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमा २ हजार २७२ जना आवेदकले सि(आस्वा प्रणाली मार्फत ७८ हजार ७८५ कित्ता ऋणपत्रको लागि आवेदन दिएका थिए । जसमध्ये १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरिएको बैंकले जनाएको छ । र, बाँकि रहेका २ हजार २६२ जना आवेदकले कूल २१ लाख ९० हजार कित्ता ऋणपत्र पाएका छन् ।
बैंकले गत बैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म २२ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये ६० प्रतिशत परिपत्र विधिबाट र ४० प्रतिशत ऋणपत्र ९सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत० सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो । १० वर्षे अवधिको उक्त ऋणपत्रमा माग बमोजिम नै आवेदन परेको थियो ।























