CG Electronics
IME Life
NIMB

६००० एमएएच ब्याट्रीका साथ रेडमी १० नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाण्डौ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो।

 

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ। कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेडमी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो। रेडमीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६एनएम प्रोसेसरहरु रहेको छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएएचको ब्याट्रीले उपभोक्तालाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ सीएम ९९६.७१“० डिस्प्ले र ५०एमपी डुअल क्यामेरा भएको यो रेडमी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।’

ब्लकबस्टर डिस्प्ले
नयाँ रेडमी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ। १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ सीएम ९६.७१“० डिस्प्लेको साथ तपाइँका लागि उत्तम उत्पादन हुन सक्छ।

पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो
बजेटको आधारमा लोकप्रिय स्न्यापड्रागन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयर भएको रेडमी १० मा ६जीबीसम्मको र्याम र १२८जीबी आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ।

क्यामेरा
अप्टिक्सको सन्दर्भमा रेडमी १० मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५एमपी क्यामेरा समावेश गरिएको छ। यो रेडमी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३०एफपीएस मा १०८०पी भिडियो खिच्न सकिन्छ।

बाँकी विशेषताहरु
डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३।५ एमएम हेडफोन ज्याकका साथ यस रेडमी १० मा प्रयोगकर्ताले ५१२जीबीसम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन्।

नेपालमा रेडमी १० को मूल्य र उपलब्धता
रेडमी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ।
नेपालमा रेडमी १० ४र६४ जीबी संस्करणको मूल्य रु.१८ हजार ९९९ छ ।
त्यस्तै हाई–एन्ड ६र१२८ जीबी संस्करणको मूल्य रु. २१ हजार ९९९ रहेको छ।
रेडमी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरुमा उपलब्ध छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...